ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८ महिनासम्मको तलब नपाउँदा शिक्षक मार्कामा


एबीसी न्यूज

कञ्चनपुर, १८ साउन । स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन् ।
विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र धामीले बताउनुभयो ।नगरपालिकाका केही विद्यालयले वर्षमा एक दुई महिनाको तलब दिए पनि अधिकांश विद्यालयका निजी स्रोतका शिक्षकले तलब नपाएको उहाँले बताउनुभयो ।

सँगै पढाउँदै आएका राहत, अस्थायी र स्थायी शिक्षकले आफ्नै अगाडिबाट तलब थापेर जान्छन् उहाँले भन्नुभयो, “आफूहरूले भने टुलुटुलु हेरेर निराश हुनुबाहेक अर्को विकल्प छैन ।”

नगरपालिकाले निजी स्रोतका शिक्षकका लागि तलबको व्यवस्था नगर्दा यस्तो परिस्थिति आएकाले तलबका लागि अनुदानको व्यवस्था गरिदिनुपर्नेमा अध्यक्ष धामीले जोड दिनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नगर सञ्जालका अध्यक्ष बिष्णुदत्त जोशीले शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नुपर्ने दायित्व भएको बताउनुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि विषयगत शिक्षकको व्यवस्था अनिर्वाय हुनुपर्दछ, शिवशंकर माविका प्रधानाध्यापक बिष्णुदत्त जोशीले भन्नुभयो, “विद्यार्थी अनुपातमा शिक्षक अभाव भएकाले निजी स्रोतका शिक्षक नभए विद्यालय नै बन्द हुने अवस्था छ तर स्थानीय तहले तलबको व्यवस्था गर्नुपर्नेमा चासो दिएको छैन ।”

“शुल्क लिएर विद्यालय सञ्चालन गर्न निकै गाह्रो छ । अभिभावकको आर्थिक अवस्था निकै कमजोर छ । यस्तो अवस्थामा निजी स्रोतका शिक्षकलाई तलब दिन सकिएको छैन” शिद्ध बैजनाथ माविका प्रधानाध्यापक धनसिंह महराले भन्नुभयो । केही आधारभूत तहका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले रु चार हजारदेखि पाँच हजारसम्म तलब पाउँछन् । त्यही तलब दुई वर्षसम्म नपाउँदा शिक्षकको मनोवल खस्केको उहाँले बताउनुभयो ।
नगरपालिका प्रमुख दिलबहादुर ऐरले निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । नगरपालिकामा सञ्चालित ३२ सामुदायिक विद्यालयमा ८१ निजी स्रोतका शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com