ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लाष्टिकले छोपेर धरहरा बचाउने जमर्काे


एबीसी न्यूज
श्रावण १७, २०७५ बिहीबार   ७ : २६   बजे

काठमाडौँ, १७ साउन । तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपी संरक्षण गरिएको छ ।

तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध निकायले काम शुरु गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मै बनाउँछु मेरो धरहरा नारा दिनुभए पनि यसको पुनः निर्माणकाको काम शुरु हुन सकेको छैन । कहिले पुरातत्व विभागले त कहिले नेपाल टेलिकमले बनाउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।
बुधबार साँझ काठमाडौँ महानगरपालिकाका कावा प्रमुख हरिप्रभा खड्गीले भीमसेनस्तम्भको भग्नावशेषलाई प्लाष्टिकले छोपी संरक्षणको प्रयास गर्नुभयो । “वर्षाको समय छ, धरहरा निर्माणको समयमा प्रयोग भएका माटो, इँटालगायत सम्पूर्ण सामग्री ऐतिहासिक हुन्छन्, पुनःनिर्माण शुरु हुनुअघि बाँकी रहेको संरचनालाई घामपानीको असरबाट जोगाउन प्लाष्टिक ओढाइएको हो”, कावा प्रमुख खड्गीले भन्नुभयो ।

त्यसै क्रममा सम्पदा बचाऔँ अभियानकर्मी पछिल्लो समय कामपाले सम्पदा संरक्षणमा चासो दिन थालेको भन्दै खुशी भएका थिए । अभियानकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले भन्नुभयो, “१९९० सालमा पनि धरहरा भूकम्पका कारण भत्केको थियो, पुर्खाहरुले पहिले जस्तै बनाएर राख्नुभयो । त्यसपछि २०७२ सालमा पनि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको छ, अब पनि ९० सालपछि निर्माण भएजस्तै निर्माण हुनुपर्छ ।”

संविधानको धारा ३२ ले भाषा र संस्कृतिको सम्पदाको संरक्षणका बारेमा उल्लेख गरेअनुसार सम्पदाको पुनःनिर्माण हुनुपर्ने सम्पदाप्रेमीको माग छ । धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गर्नुभएको हो । नब्बे सालको भूकम्पले धरहरा भत्किएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नौ तलाको धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । उक्त धरहरा पनि पुनः विसं २०७२ को भूकम्पले पूर्ण नष्ट भएको छ । इँटा, चुन, मास र चाकुको मिश्रणबाट मुगलशैलीमा धरहरा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group