ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बयानब्बे स्थानीय तहको नाम परिवर्तन


एबीसी न्यूज

काठमाडौँ, १७ साउन । बयानब्बे स्थानीय तहले साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो ।

अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार कानूनबमोजिम नाम र केन्द्र परिवर्तन गर्न आएका स्थानीय तहका निवेदनलाई परिवर्तन गर्न सिफारिश गर्ने र कानूनबमोजिम नआएकालाई फर्काइ दिने गरेको बताउनुभयो ।

उहाँका अनुसार गाउँ वा नगरसभाले साविक नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारको सिफारिशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिने गर्दछन् र सो निवेदन आवश्यक हेरी सामान्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नाम र केन्द्र परिवर्तन गर्नका लागि सिफारिश गर्दछ ।

ऐनको दफा ४ को नगरपालिका र गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था रहेको छ । जससम्बन्धी नगरपालिका वा गाउँपालिकाको सभाको नाम र केन्द्र परिवर्तन गर्न दुई तिहाइ बहुमतले गर्नुपर्ने, निर्वाचन भएको छ महिनाभित्र सभाको सामान्य बहुमत निर्णय गरेपछि नाम र केन्द्र परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ ।

यसैगरी मन्त्रालयले पोखरा–लेखनाथ महानगरपालिकाको नगरसभाले पोखरा मात्र नाम राख्ने गरी पठाएको सिफारिशलाई मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त महानगरपालिकाको नाम पोखरा रहनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com