ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकको आरक्षण कोटाको प्रभावकारी कार्यान्वयन भएन


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  ४ : १६ बजे

काठमाडौं १७ साउन । कोटेश्वरबाट अनामनगर हुँदै बुधबार दिउँसो चाबहिल जाँदै गरेको नेपाल यातायातको ज्येष्ठ नागरिक सिटमा एक युवा बसिरहेका थिए ।

नजिकै ६५ वर्षीया वृद्ध आमा गाह्रो गरी उभिरहनुभएको थियो । वृद्ध आमालाई न त ती युवाले सिट छोडिदिए । न यातायातका सहचालकले सिटको व्यवस्थापन गरिदिए ।

चक्रपथमा संयुक्त यातायातमा भक्तपुरकी सुमित्रा तन्डुकारले भाडामा ५० प्रतिशत छुटको लागि ज्येष्ठ नागरिक परिचयपत्र देखाउँदा सहचालकले उल्टै हप्काए । ज्येष्ठ नागरिक ऐन, २०६३ मा ज्येष्ठ नागरिकलाई विभिन्न सुविधाको व्यवस्था गरिएको छ ।

ऐनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दुई आरक्षण सिट र भाडामा ५० प्रतिशत छुटको उल्लेख छ । उपचारमा सरकारी अस्पतालमा निःशुल्क र निजीमा ५० प्रतिशत छुटको व्यवस्था छ । तर त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले ऐनमा उल्लेख ज्येष्ठ नागरिकको सुविधासम्बन्धी व्यवस्था कतैकतै लागू भए पनि पूर्णरुपमा लागू हुन नसकेको बताउनुहुन्छ ।

सर्वोच्च अदालतको २०६७ साल चैत २४ गतेको फैसलाले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडामा ५० प्रतिशत, सरकारी अस्पतालमा निःशुल्क र निजी अस्पतालमा ५० प्रतिशत छुटलाई कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी ग¥यो । तर त्यसको अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

साझा र मयुर यातायातले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराइरहेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । काठमाडौँ बस व्यवसायी महासंघले उपत्यकाका यातायातमा ५० प्रतिशत छुट दिने घोषणासँगै कार्यान्वयन प्रक्रिया अगाडि बढाए पनि कतिपय यातायातले अटेर गरिरहेको गुनासो छ ।

बजार भाउ र महँगीलाई ध्यान दिएर ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धाभत्ता कम्तीमा रु पाँच हजार पु¥याउनुपर्नेलगायतका माग गर्दै ज्येष्ठ नागरिकले विगत छ वर्षदेखि नयाँ बानेश्वरमा निरन्तर धर्ना दिँदै आएका छन् ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धाभत्ता स्वास्थ्योपचार खर्चसहित अहिले रु दुई हजार पुगेको छ । ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आए पनि ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै दिनुपर्ने माग गरेका छन् ।

२०६८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसंख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो संख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ ।

पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा कुनै बहानामा उजूरी गर्न नपाइने विषयलाई कानूनमा नै व्यवस्था गर्नुपर्ने माग ज्येष्ठ नागरिकको छ ।

संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाइरहेको अहिलेको सन्दर्भमा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनी संविधानमा उल्लेख अधिकारका आधारमा जतिसक्दो चाँडो ऐन÷कानून निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नसकेको खण्डमा वास्तवमा ज्येष्ठ नागरिकप्रति अलिकति भए पनि न्याय हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com