ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झूटो खबर फैलाएको आरोपमा आरएम खबर डटकम अनलाईनको प्रबन्धक पक्राउ


एबीसी न्यूज
श्रावण १७, २०७५ बिहीबार  ८ : २० बजे

काठमाडौँ,१७ साउन । बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी सामाजिक सञ्जालमार्फत शेयर गरेपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र घटनाम संलग्न व्यक्ति हालसम्म खुल्न नआएको अवस्थामा सामाजिक सञ्जालमार्फत संवैधानिक मौलिक हकको समेत प्रतिकूल हुने बलत्कार जस्तो संवेदनशील घटनबारे अफवाह फैल्याइएकाले सापकोटालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्तासमेत नभएको सिआइबीको भनाइ छ । –रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com