ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटको बारेकोटमा विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँण भेटियो


एबीसी न्यूज

जाजरकोट, १५ साउन । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।

गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गँुड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गँुड सारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए ।

समुद्री सतहदेखि सातसय मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गँुडमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको थियो सिंहले भन्नुभयो, उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुँड लगाएर अहिले अण्डा कोरली रहेको छ ।”

अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गँुड बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गँुड समुद्री सतहबाट एक हजार ५१४ मिटरको उचाइमा रहेको छ ।

सात सय मिटरको उचाइमा गुँड भएको सेतो गिद्धभन्दा एक हजार ५१४ मिटरको उचाइमा गुँड भएको सेतो गिद्ध निकै सक्रिय भएको अनुसन्धानकर्ता सिंहको भनाइ छ । उक्त जंगलमा गँुड भएको सेतो गिद्धले पहिले नै गुँडको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गँुड पनि पहिलोपटक जाजरकोटको बारेकोटमा फेला परेको छ । समुद्री सहतदेखि एक हजार ४०० मिटरको उचाइमा मलाहा हुँचीलको गँुड फेला परेपछि नेपालमै मलाहा हुँचीलकोे नौलो अभिलेखीकरण भएको छ ।

बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गँुडमा मलाहा हुँचीलले अण्डा कोरलेर दुईवटा बच्चा उडाइसकेको पक्षी अनुसन्धानकर्ता सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुँचीलविज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गँुड नै सबैभन्दा अग्लो गाउँमा रहेको गँुड भएको प्रमाणित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com