ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा


एबीसी न्यूज

काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १४।१ ओभरमा ७८ रन बनाउँदै अलआउट भयो।विराटनगरका लागि फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विराटनगरले पहिलो बलमा ओपनर साम हेजलेटको विकेट गुमायो। उनी स्कट केगुइलिनको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। दोस्रो विकेट मार्टिन गप्टिल २ रनमा रनआउट भए। तेस्रो विकेटको रूपमा नरेन भट्ट क्याच आउट भए। पावरप्लेमा विराटनगरका दुई खेलाडी डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको हो। वसिर अहमदले १२ रन बनाए। २ जना खेलाडी डक र पाँच जना खेलाडी दोहोरो अंक नबनाई पेभेलियन फर्किए। ब्याटिङ बलियो भएको विराटनगरको आज ब्याटिङ नचल्दा हार व्यहोरेको हो। अन्तिम विकेटको रूपमा सन्दीप लामीछाने ३ रनमा क्याच भए। सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले २–२ विकेट लिए। हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे। उनले ५२ रनमा ३ चौका र २ छक्का प्रहार गरे। सुदूरपश्चिमले पहिलो विकेटको रूपमा मुख्तर अहमदको विकेट गयो। मुख्तरले १० रन बनाए। दोस्रो विकेटको रूपमा सेल्डन ज्याक्सनको विकेट गयो। उनले २० रन बनाए। तेस्रो विकेटको रूपमा इशान पाण्डे क्याच भए। उनलाई १२।५ औँ ओभरमा नरेन भट्टले ‘लङ अन’मा उत्कृष्ट क्याच गरे। उनले बाउन्ड्री नजिकै भएको बललाई एक हातले भित्र हाल्दै बाहिरबाट आएर सोही बल क्याच गर्दै इशानलाई पेभेलियन फर्काए। इशानले १३ रन मात्रै बनाए। १३।३ ओभरमा दीपेन्द्र सिंह ऐरी रनआउट भए। उनी ३ रनमा मर्चेन्ट डी लाङ्गेको थ्रोमा विकेट किपर लोकेश बमले रनआउट गराए। उनले ओपनर विनोद भण्डारीसँग २ रन लिने दाउमा रनआउट भएका हुन्। हर्मित सिंह १४ रनमा क्याच भए। आरिफ शेख २० रनमा बाउन्ड्रीमा क्याच भए। स्टक केगुइलिन १ र मिलन बोहोरा ४ रनमा अविजित रहे। विराटनगर किंग्सका लागि बलिङ तर्फ मार्चेन्ट डे लाङ्गे र प्रतिश जिशीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com