ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छक्का पञ्जा ३ को ‘पहिलो नम्बर’सार्वजनिक तोड्न सकेन ‘रुपै मोहनी’को रेकर्ड


एबीसी न्यूज

काठमाडौं, १५ साउन । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘ छक्का पञ्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’हिजो सोमबार सार्वजनिक गरिएको छ ।

‘छक्का पञ्जा २’ मा गीत चोरेको आरोप बेहोरेको निर्माण टिमले यो गीतबाट सकारात्मक प्रतिकृया पाइरहेको छ जसले काममा थप हौसला र उर्जा प्रदान गरेको छ । सार्वजनिक भएको गीतले दर्शकको माया पाइरहेको देखेर निर्माण पक्ष निकै खुशी देखिएको छ ।

नेपाली युट्युब संस्करणको ट्रेण्डिङ १० मा आइपुगेको यो गीतलाई युट्यूबमा २४ घण्टामा ८ लाख ८ हजार पटक हेरिएको छ । सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा सार्वजनिक गरिएको यो गीतलाई २४ घण्टामा यति भ्यूज मिलेको हो जुन समान्यतया धेरै मानिन्छ ।

तर यस गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको रेकर्ड भने राख्न सकेको छैन । यस अघि सिनेमा‘शत्रु गते’को गीत‘रुपै मोहनी’ले राखेको रेकर्ड यसले तोड्ने धेरैको अनुमान थियो । तर त्यो अनुमान अनुमानमै सीमित भएको छ ।

‘शत्रु गते’को रुपै मोहनीले २४ घण्टामा ८ लाख ३२ हजार भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड बनाएको छ ।

जुनअहिले सम्मको इतिहासमा धेरै हो । यसअघि सिनेमा ‘छक्का पञ्जा २’ मा समावेश ‘नाइलनको साडी’लाई पनि २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो ।

राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीत रहेको ‘पहिलो नम्बर’मा डेबिड शंकर र बिन्दु परियारको आवाज रहेको छ ।

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले गीतको छायाकंन गरेका हुन् । गीतमा सिनेमाका प्रायः कलाकारलाई फिचर गरिएको छ ।

दसैंको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com