ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन फिर्ता


एबीसी न्यूज

काठमाडौँ, १५ साउन । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् ।

सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिनुभयो ।

सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् ।

फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी हुनुहुन्छ ।

प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताउनुभयो । सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो ।

मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com