ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

१५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प


एबीसी न्यूज
श्रावण १५, २०७५ मंगलबार  ११ : ४७ बजे

तुलसीपुर, १५ साउन। दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भरमा अस्पतालमा करारमा रहेका नौ जना कर्मचारीलाई एकै पटक अवकाश दिएको थियो ।

अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेशकुमार गुप्ताले बताउनुभयो ।

करारमा रहेका कर्मचारीले छाड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूलाई पूर्व जानकारीबिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाशप्राप्त कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालमा २० वर्षसम्म सेवा गरेका कर्मचारीलाई बिना पूर्वजानकारी अवकाश दिइएको उनीहरुको आरोप छ । यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने अस्पतालमा कार्यरत कर्मचारी हटाइएको बारेमा जानकारी नभएको बताउनुभयो ।

“अस्पताल नगरपालिकाको मातहतमा आएको छैन, अस्पताल विकास समितिले निर्णय गरेको होला” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com