ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा अत्यधिक ट्राफिक जाम हुनमा कारण यस्तो


एबीसी न्यूज
श्रावण १५, २०७५ मंगलबार  ८ : ४९ बजे

काठमाडौँ, १५ साउन ।  वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।

उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउनुहुन्छ ।

“त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उहाँले भन्नुभयो । उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ । वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ ।

“कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भन्नुभयो ।

धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ । कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन । तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ ।

यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् । उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com