ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार


एबीसी न्यूज

पोखरा, १५ साउन । गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।

चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउनुहुन्छ ।

सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक निर्माणका लागि संघीय सरकारसँग आवश्यक सहयोग मागेको छ ।

“कोरालादेखि सुस्तापूर्व त्रिवेणीसम्म सडक निर्माणका लागि चीनको एउटा कम्पनीले निःशुल्क डिपीआर तयार गर्न चासो देखाएको छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “आवश्यक लागत आएपछि संघ र प्रदेशबीच समन्वय गरी निर्माण अघि बढाउँछौँ ।”

गण्डकी प्रदेशकै त्रिवेणी पुग्नका लागि सडकको अभाव भएकाले पोखराबाट चितवन हुँदै प्रदेश नं ५ को बर्दघाट पुग्नुपर्ने बाध्यता रहेकाले उक्त सडकले पूर्णता पाएपछि पोखराबाटै सिधँै दक्षिणको त्रिवेणी र उत्तरको कोरला पुग्न सकिने मुख्यमन्त्री गुरुङ बताउनुहुन्छ । सो क्षेत्रको स्थलगत निरीक्षणपश्चात रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पोखराबाट छोटो दूरीमा पूर्व पश्चिम राजमार्गको उपयुक्त स्थानमा जोड्ने गरी सम्भाव्यता अध्ययन गरिनेछ ।”

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रबाट सडक निर्माणसँगै एक दशकअघिदेखि बन्द भएको त्रिवेणी छोटी भन्सारको स्तरोेन्नति गरेर आवश्यक भौतिक संरचना निर्माण गरी पूर्णरुपमा सञ्चालन गर्न भारतसँग आवश्यक पहल गरिदिन संघीय सरकारलाई प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा समावेश हुन पाउँदा खुशी बने पनि सुस्ता पूर्व विनय त्रिवेणी नगरपालिका– ६ र ७ का बासिन्दा सडक सञ्जालसँग नजोडिँदा चिन्तित छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा जोडने सडक चाँडो निर्माण हुने आशमा रहेका नवलपुरका बासिन्दा त्यही जिल्लाको सदरमुकाम कावासोती पुग्न प्रदेश नं ५ को सुस्ता बर्दघाट हुँदै जान बाध्य भएकमा विनय त्रिवेणी नगरपालिका– ७ का प्रमोद रौनीयार बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट सडक खुल्न नसक्दा स्थानीयवासीले प्रदेश नं ५ को बर्दघाटबजार भएर कावासोती पुग्न करीब २५ किलोमिटर यात्रा गर्नुपर्छ ।

पोखरा–कोरला सडकअन्तर्गत राष्ट्रिय गौरवको योजना कालीगण्डकी करिडोर निर्माणले तीब्रता पाएको छ । सडकको हिमाली क्षेत्रतर्पm बेनी–जोमसोम ७५ किलोमिटर सडक स्तरोन्नतिका साथै कालोपत्र भइरहेको आयोजनाका इन्जिनियर जगन प्रजापतिले बताउनुभयो । दोहोरो यातायातका साधन सञ्चालन हुने सो सडक रु दुई अर्ब ४० करोडको लागतमा निर्माण भइरहेको छ । जोमसोम–कोरला ११० किलोमिटर सडक ग्राभेल गर्ने काम रु दुई अर्ब ६० करोडको लागतमा भइरहेको छ ।

खैरेनीटारदेखि भिमाद डेढगाउँ हुँदै नवलपुरको कावासोतीसम्म ११० किलोमिटर सडकको ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताउनुभयो । सो सडकमा यातायात सञ्चालन गर्न वर्खामा केही असहज भए पनि हिउँदमा सहजरुपमा आवतआवत गर्न सकिने अवस्था छ । सो सडक निर्माणसँगै मुक्तिनाथ, त्रिवेणीधामलगायत बिभिन्न धार्मिक पर्यटकीयस्थललाई जोड्नुको साथै कोरला–पोखरा–त्रिवेणी सडकलाई चीन र भारतबीचको व्यापारीक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने यस क्षेत्रका बासिन्दा बताउँछन् ।

नेपाल र चीनलाई जोड्ने उक्त सडक निर्माणसँगै गण्डकी प्रदेशसहित यसले समग्र देशकै आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकोले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा यसलाई अघि बढाउनु आवश्यक देखिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com