ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रलोभनमा परेर शहरिया महिला नै बेचिन्छन्


एबीसी न्यूज

चितवन, १४ साउन ।  दूर्गम र पहाडी क्षेत्रका निरक्षर मात्र होइन, शहरका शिक्षित महिलाहरु पनि मानव बेचबिखनमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगारीका नाममा जागिर खाँदै गरेका र शिक्षित महिलाहरुसमेत बेचबिखनमा परेका हुन् ।

महिलाहरुको पुनःस्थापनामा क्रियाशील आदर्श नारी गृहकी सलाहकार मीना खरेलका अनुसार एउटा बैंकमा तल्लो तहमा काम गर्दै गरेकी एक महिलालाई उद्धार गरिएको छ । प्रवेशिका परीक्षा उत्तीर्ण गरेर पढ्दै गरेका पनि मानव बेचबिखनमा पर्ने गरेका छन् । गृहले गत आर्थिक वर्षमा २२ जनाको उद्धार गरेको छ । जसमध्ये ११ जना चितवनका छन् ।

उनीहरु भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका हुन् । बैदेशिक रोजगारीका नाममा अधिकांशलाई फकाइफुलाई लैजाने गरेको पाइएको छ ।

सिलाइकटाइ, व्युटिपार्लर, गार्मेन्टलगायतमा रोजगारी लगाइदिने भन्दै बेचबिखनका लागि लैजाने क्रम बढेको पाइएको छ । सलाहकार खरेल भन्नुहुन्छ “केहि काम नगरी बसेका र सामान्य काम गरेकाहरुलाई काम सिक्दैमा रु २० हजार, त्यसपछि अरू धेरै तलब पाउने प्रलोभनमा पारिन्छ ।”

भारतबाट युरोपसम्म जान पाउने, पासपोर्ट र नागरिकतासमेत दलालले नै बनाई दिने आश्वासन उनीहरुलाई दिने गरेका छन् ।

गृहले दिल्लीको कोठीबाटै बेचिएका महिलाहरुको पनि उद्धार गरेको छ । उद्धार गरिएकाहरु दलित, जनजाति समुदायका बढी रहेका छन् । खुल्ला नाका भएकाले सहजै भारतीय बजारहरुमा यौन धन्दाका लागि यहाँका महिलाहरु बढी बेचिने गरेका देखिएका छन् । यससँगै अंग प्रत्यारोपण, सर्कस, डान्सबार, घरेलु कामदार, बन्धक बनाएर यौन शोषण, दासका रुपमा राख्न पनि महिलाहरु बिक्री हुने गरेको बताएका छन् ।

मानव बेचबिखनमा परेका महिलाहरुको उद्धारमा क्रियाशील संस्था किङ्गडम इन्भेष्टमेन्ट (केआई) नेपालले गत आर्थिक वर्षमा उद्धार गरेकामध्ये नौ जना चितवनका छन् ।

जिल्ला संयोजक केमिका घिमिरेका अनुसार उनीहरुलाई वीरगञ्ज, सुनौली र भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा पनि भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकाका छन् ।

यो संस्थाले पनि भारतका कोठीहरुबाट समेत बेचबिखनमा परेकाहरुलाई उद्धार गरेको जनाएको छ । बेचबिखनमा परेकाहरु धेरै पैसा कमाउने प्रलोभनमा फस्ने गरेको घिमिरेले बताउनुभयो । धेरै कमाउने, मिठो खाने र घुम्ने प्रलोभनमा युवती र महिलाहरु बेचबिखनमा पर्ने गरेको पाइन्छ ।

माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी जनवरी यता उद्धार गरिएका नौ जनामध्ये पाँच जना चितवनका रहेका बताउनुहुन्छ । उनीहरुलाई ठोरी नाका, महेन्द्रनगर र भैरहवाबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा भरतपुर महानगरको जगतपुर, ईच्छाकामना गाउँपालिकाको दारेचोक र कालिका नगरपालिकाको पदमपुरका छन् ।

वैदेशिक रोजगारीमा जाने नाममा उनीहरु बेचबिखनमा परेका हुन् । दलालहरुले विभिन्न प्रलोभनमा सहजै फकाउन सक्ने भएपछि महानगर र नगर क्षेत्रका शिक्षित महिलाहरुसमेत फस्ने गरेको गिरीको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा १० वटा मानब बेचबिखनका मुद्दा दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले १२ जनालाई पक्राउ गरी मानब बेचबिखनको मुद्दा दर्ता गरिएको बताउनुभयो । ती मुद्दामा १३ जना फरार छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा मानन बेचबिखनका नौ वटा मुद्दा दर्ता भएका थिए । जसमा सात जनालाई पक्राउ गरी कारवाही गरिएको थियो भने पाँच जना फरार छन् । सोही समयमा आठ जना महिलाको बिभिन्न नाकाबाट उद्धार गरिएको थियो ।

युरोपियन देशहरुमा रोजगारी लगाइदिन्छु, परिवारलाई तत्काल राहत दिलाइदिने, विवाह गरेको नाटक गर्ने र नाता गाँसेर नाका पार गराउने काम बढी हुने गरेको पाइन्छ ।

चितवन हुँदै ठोरी, वीरगञ्ज, सुनौली, कृष्णनगर, काँकडभिट्टा, विराटनगर, नेपालगञ्जलगायतका नाकाबाट भारत लगिने गरेको छ । अन्य जिल्लाबाट चितवनको बाटो प्रयोग गरेर बेचबिखनका लागि लैजाने गरेको पाइन्छ ।

भारतसँग खुल्ला सीमा भएकाले सहजै आवतजावत गर्न सकिने हुँदा दलालहरुलाई महिला बेचबिखन गर्न सहज भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com