ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीको टोली महेन्द्रनगरमा


एबीसी न्यूज

कञ्चनपुर,१४ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ ।
कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्याको घटनाका बारेमा अनुसन्धान गर्न टोली आइतबार महेन्द्र नगर पुगेको हो ।

प्रहरी नायव उपरीक्षक अगुंर जिसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर आएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो । उहाँले टोलीले कञ्चनपुर प्रहरीसँग समन्वय गरेर घट्नाको अनुसन्धान गर्ने बताउनुभयो ।
टोलीमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायव निरीक्षक रहेका छन् । बालिकाको हत्या भएको चारदिन बितिसक्दा समेत अपराधी पहिचान हुन नसकेपछि महेन्द्रनगर तनावग्रस्त भएको छ । घटनामा प्रहरीले सक्रियता नदेखाएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसान्धानका लागि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछका लागि लागि ल्याएपनि सबै कुरा अहिले नै भन्न नमिल्ने प्रहरी प्रमुख विष्टले बताउनुभयो ।

आइतबार पनि अस्पताल परिसर दिनभर तनावग्रस्त रह्यो । पीडित परिवारले शव उठाएर दाहसंस्कार गर्ने तयारी गरेपनि स्थानीय र आन्दोलनकारीले भने शव उठाउन नदिएपछि अस्पताल परिसर दिनभर तनावग्रस्त भएको थियो ।

पीडित परिवारले घट्नाको सत्यतथ्य सार्वजनिक हुुनुपर्ने, घट्ना भएको क्षेत्रमा प्रहरी बिट राख्नुपर्र्ने र राहत तथा क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । यसअघि शनिबार बसेको स्थानीय प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनले माग पुरा गर्ने सहमति गरका थिए ।

तर, स्थानीय र आन्दोलनकारीले भने मेडिकल रिपोर्ट र डीएनए रिपोर्ट नदेखाएसम्म शवको दाहासंस्कार गर्न नदिने अडान लिएपनि आइतबार पनि बालिकाको अन्त्येष्टि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com