ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिनेत्री प्रियंकाले ट्याटुमा खोपाइन् आफ्नो र आयुष्मानको नाम


bhawani desk

 

काठमाडौं १३ साउन । अभिनेत्री प्रियंका कार्कीले केही दिनअघि मात्रै प्रेमी आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई अर्को लेभलमा पुर्याएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गरेर चर्चामा आएकी प्रियंका त्यसको केही दिनपछि सार्वजनिक भएको गीतमा दिएको भल्गर सिनका कारण पनि चर्चा र विवादमा आइन् ।

गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसंग भल्गर बेड सिन दिएकी छिन् जुन नेपाली समाजमा सहजै पच्ने खालको छैन ।

यसले आयुष्मान र प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ ।

यो गीत विवादमा आएपछि केही दिनअघि मात्रै आयुष्मानलाई धेरै नै सम्झेको भन्दै प्रियंकाले सामाजिक सञ्जालमा एक पोष्ट पनि सेयर गरेकी थिईन् ।

तर, यस पटक भने प्रियंकाले अमेरिकाबाटै आयुष्मान र आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम आयांका’ राखेका छन् ।

यहि नाममा प्रियंकाले आफ्नो गर्दनमा ट्याटु खोपाएकी छिन् । यो प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो ।

यस अघि नै शरीरमा तीनवटा ट्याटु खोपाएकी प्रियंकाले चौथो ट्याटु आफ्नो र आयुष्मानको नाममा खोपाएकी छिन् ।

आफ्नो र आयुष्मानको सम्बन्ध प्रगाढ रहेको कुरा देखाउनको लागि चौथो ट्याटु खोपेको बुझ्न सकिन्छ । उनले ट्याटु शो गरेको एक तस्बिर सेयर गर्दै सधै‌ंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com