ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

​बलात्कारीलाई कडा कारर्वाही गर्न कांग्रेसको माग


bhawani desk
श्रावण १३, २०७५ आईतबार  १२ : २९ बजे

काठमाडौं,१३ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कारर्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका सांसदद्धय डिलेन्द्रप्रसाद बडु र डिला संग्रौलाले प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गर्नु भएको हो । त्यस अवसरमा सांसद संग्रौंलाले टयूसन पढन गएकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गर्दा पनि सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गर्नु भयो ।

टयूसन पढन गएकी बालिका पन्तको सामूहिक हत्यापछि उखुबारीमा फालिएको अवस्थामा शव भेटिएको थियो । सांसद बडुले सो घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग जोडदार माग गर्नु भयो ।

त्यसैगरी नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले तत्काल महंगी नियन्त्रण गर्न सरकारसँग माग गर्नु भयो । उहाँले मलको मूल्य बढेपछि किसानहरु मारमा परेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सरकारी निकाय आफैं मूल्य बढाउन लागि परेको प्रमुख सचेतक खाँडको आरोप छ ।

बैठकमा बोल्दै सांसद तीलबहादुर महत क्षेत्रीले गत श्रावण ६, ७ र ८ गते नारायणी नदिमा आएको बाढिका कारण नवलपुर जिल्लाको विभिन्न स्थानमा जमिन कटान भईरहेको उल्लेख गर्दै तत्काल तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले तत्काल तटबन्ध निर्माण नभए बाढिपछिको कटानका कारण नवलपुर जिल्लाको कावासोती नगरपालिका, विनय–त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा ठूलो धनजनको क्षति हुन सक्नेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

अर्का सांसद तेजलाल चौंधरीले सप्तरी जिल्लाको गत साल बाढिका कारण भत्किएको संरचना निर्माणका लागि विनियोजन गरिएको बजेट पीडितलाई अझै उपलब्ध नगराएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com