ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोकै सिजनमा प्रकोप नियन्त्रणको झारा टार्ने काम


admin


धरान, ११ साउन ।
जब बर्खा लाग्छ, अनि सुरु हुन्छ बाढी पहिरो कटानको नियन्त्रणको काम । हिउदभरी चुप वस्ने राज्यको चलनले गर्दा बर्खामासमा धेरै जना वाढी पहिरो र नदी कटानको जोखिममा पर्ने गर्दछन् । गएको वर्ष पुर्वमा वाढी पहिरोले ठुलो क्षति पु-याएको थियो । तर यो वर्ष भने त्यस्तो प्रभाव परेको छैन । तै पनि वाढी पहिरोकै सिजनमा प्रकोप नियन्त्रण र न्युनिकरणको काम भने वाढी तथा पहिरो प्रभावित क्षेत्रमा भईरहेका छन् ।

गतवर्ष पुर्वको सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा इटहरी पुर्व भई वग्ने वुढी खोलाले ठुलो क्षतिर पु¥यो । गतवर्षको बाढी पहिरो र डुवानका कारण सुनसरीमा मात्रै १२ जनाको ज्यान गएको थियो । १७ हजार प्रभावित भए भने ४५ सय विस्थापित भए । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मात्रै ८ जनाको ज्यान गयो । इटहरीको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हो इटहरी उपमहानगरपालिकाको वडानं. ९ गैरी गाउं । त्यही वस्तीका ८ जनाको ज्यान गएको थियो । अहिले पनि सो गाउका वासिन्दा राती घरमा सुत्दैनन् । जव उज्यालो हुन्छ अनि मात्रै घर फर्किने गर्छन् । वाढी प्रभावित क्षेत्रमा समयमै सरकारले काम गर्नुपर्ने हो तर जहिले पनि वर्खा लागे पछि अनि बाढी आउन र डुवान हुन थाले पछि मात्रै प्रकोप नियन्त्रण र न्युनिकरणको काम गर्ने गर्छ भन्छन् स्थानीय सर्वसाधरण प्रमोद पोर्तेल ।

यसअघिका वर्षातको समयमा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । तर गतवर्षदेखि स्थानीय तह जनप्रतिनिधिमय भएको छ र अधिकार सम्पन्न पनि । अव पनि सरकारी काम कहिले जाला घाम नभनी सरकारले समयमै प्रकोप नियन्त्रण र न्युनिकरणको सवालमा स्थानीय तहले समेत काम गर्नेमा आफु विश्वस्त रहेको बताउँछन् पोर्तेल ।

आर्थिक वर्षको अन्तिममा हतारले जुनसुकै विकास निर्माणका कामहरु गर्ने नेपाल सरकारको प्रवृति रहेको छ । यतिवेला वाढी र पहिरो अनि डुवानवाट पिडितहरु आकासमा कालो वादल मडारिन थाल्दा त्रासित हुने गर्छन्, कतै बाढी पहिरो र डुवानमा त परिने होईन भनेर । यसकारण समयमै यसको नियन्त्रण र न्युनिकरणमा पहल कदमी गर्नुपर्छ । वेलैमा काम नगर्नु सरकारको ठुलो कमजोरी भएको बताउँछन् स्थानीय रिजनजंग राणा ।

समयमै प्रकोपको नियन्त्रण र न्युनिकरणको लागि काम गर्दा सर्वसाधरण पनि ढुक्क हुने थिए । तर, सरकारले जहिले पनि अन्तिम समयमा काम गर्दा त्यसको प्रभावकारिता देखिने गर्दैन ।

सरकारले प्रकोप नियन्त्रण र न्युनिकरणको लागि बजेट नछुटाउने होईन । तर यसलाई वेलैमा प्राथमिकतामा राखेर काम गर्दा सर्वसाधरणमा त्रासको वातावरण हुने थिएन । तर के गर्ने जहिल्यै अन्तिम समयमा यस्ता कामहरु हुने गर्छन् । यसले गर्दा वाढी, पहिरो, डुवान अनि आगलागि जस्ता प्रकोप जन्य कामलाई समयमै सम्पन्न गर्नुपर्छ तर यसो नहुनु भनेको दुःखद भएको बताउँछन् उपप्राध्यापक हरिनारायण बास्कोटा ।

यतिबेला पुर्वका अधिकांस नदी किनारा र होचो ठाउमा वसोवास गर्ने सर्वसाधरण त्रसित छन्, कतिखेर पानी परेर फेरी विनास गर्छ भनेर । तर गतवर्ष जस्तो अहिलेसम्म समस्या भोग्नु नपरेका पुर्वेलीहरु राज्य सरकारले समयमै यसवाट वच्ने उपायको वारेमा काम गरिदियोस भन्ने चाहन्छन् । यसवारेमा सरकारले समयमै सचेतता अपनाउनुपर्ने पर्छ ।

हो, समयमै राज्य सरकारको ध्यान प्रकोप नियन्त्रण र न्युनिकरणमा गएको भए बर्खायाममा सर्वसाधरण त्रसित हुनुपर्ने थिएन । तर समयमै राज्यले काम नगरीदिदा भने यस्तो समस्या आउने गरेको छ । यसर्थ स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु र स्थानिय सरकारले यसवारेमा वेलैमा सर्तकता अपनाउदै सर्वसाधरणलाई सुसुचित गर्न जरुरी छ । जहिले समस्या आयो तहिले न्युनिकरण र नियन्त्रणको पहल कदमी गर्नुभन्दा वेलैमा सजग र सचेत सवैलाई वनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com