ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशकी सनी लियोन नइम


एबीसी न्यूज
श्रावण ११, २०७५ शुक्रबार  ४ : २० बजे

एजेन्सी – सनी लियोन बलिउडमा निकै चर्चित छिन् । क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् । अभिनयभन्दा पनि उनको ग्ल्यामरस अन्दाजका कारण चर्चा हुने गर्दछ । भारतीय अनलाइनले बंगलादेशकी सनी लियोन भन्दै एउटी बंगलादेशी मोडलको निकै प्रचार–प्रसार गरेका छन् । ती मोडल हुन्, नायला नइम ।

सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिसेम्बर १४ मा बंगलादेशको बरिसलमा जन्मिएकी नायलाले र्‍याम्प मोडलिङबाट करिअर सुरु गरेकी हुन् ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले बंगलादेशको मनोरञ्जन दुनियाँमा आफ्नो बेग्लै नाम स्थापित गरेकी छिन् ।

उनले थुप्रै प्रोडक्टको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । नायला बिकनी लगाउन कत्ति पनि हिच्किचाउँदिनन् । उनले बिकनी पोजमा काम गरिसकेकी छिन् ।

अंगप्रदर्शनका मामलामा निकै उदार विचार राख्ने गरेकाले पनि उनलाई सनी लियोनीसँग दाँजिएको हो । बिकिनी पोजका कारण उनले निकै आलोचना र गाली पनि पाउने गरेकी छिन् ।

मोडलिङका साथै अभिनयमा समेत रुचि राख्ने उनले केही टिभी सो र फिल्ममा काम गरिसकेको मिडियाले उल्लेख गरेका छन् । उनले घाट बाबु निताइ चन्द्र नामक नाटकमा अभिनय गरिसकेकी छिन् ।

उनले रन आउट नामक एउटा फिल्ममा आइटम डान्स गरेकी थिइन् । ढाका डेन्टल कलेजबाट बिडिएस गरेकी नायलाले मारुफ ताका धोरेना नामक फिल्ममा पनि अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com