ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीलाई तनाव दिन अपहरणको नाटक गरेपछि….


एबीसी न्यूज
श्रावण ११, २०७५ शुक्रबार  ९ : १६ बजे

काठमाडौँ, ११ साउन । एकाबिहानै आएको एउटा सूचनाले प्रहरी परिसर काठमाडौंमा हल्लीखल्ली मच्चाइदियो । टोखा क्षेत्रबाट एक नागरिकले फोन गरेर आफन्त तनहुँ स्थायी घर भई नयाँ बसपार्कमा विद्युतीय सामानको पसल गर्ने शिवराज घिमिरे अपहरणमा परेको बताए ।

सूचना दिनेका अनुसार टोखास्थित डेराबाट कामका लागि निस्किएका शिवराज आफैंले आफू अपरहणमा परेको, अपहरणकारीले लगातार कुटिरहेको बताउँदै फोन गरेको भन्दै यथाशक्य उद्धारका लागि प्रहरी गुहारे। राजधानीको व्यस्त बसपार्क क्षेत्रबाट एकाबिहान भएको घटनाले प्रहरीलाई पनि झस्काइदियो।

सूचना पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंले सादा पोसाकका ५ प्रहरीलाई अपहरणकारी खोजीमा परिचालन गर्‍यो। परिसरकै आदेशमा बसपार्क प्रभागका प्रहरी टोली, प्रहरी वृत्त महाराजगन्जबाट डिएपीसहतिको टोली पनि खोजी कार्यमा परिचालित भए। अपहरितको ठेगाना पत्ता लगाउन प्रहरीले उनको मोबाइल लोकेसन पनि ट्रेस गर्‍यो।

अपहरित शिवराजको मोबाइल लोकेसन काँडाँघारी हुँदै काभ्रेको पनौतीतिर सोझिएको देखियो। लगत्तै प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई फोन गरी खोजीमा टोली परिचालित गरायो। प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले भने, ‘दिनभर हामी खोजी कार्यमा जुटिरह्यौं।’

अपहरित व्यक्ति फेला नपरेर निराश बनेको प्रहरीले साँझ ढल्केपछि सूचना पायो। अपहरित व्यक्ति स्वयम्भूस्थित शिवालय मन्दिर नजिक छन् भन्ने। प्रहरी टोली त्यत्तै सोझियो। मन्दिरको छेउमा २५ वर्षीय शिवराज भेटिए। त्यसपछि रहस्य खुल्यो, न उनी अपहरणकारीबाट कुटिएका थिए, न साँच्चिकै अपहरणमा परेका थिए। प्रहरीले केरकार गरेपछि उनले श्रीमतीसँग बारम्बार झगडा हुने गरेकाले उनैलाई टेन्सन दिन अपहरणको नाटक गरेको बताए। शिवराजले आफू बस चढेर पनौती पुगी दिनभर उतै घुमेर फर्केको बताए। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com