ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लण्डन क्रिकेट क्लबमाथि नेपाली टोलीको शानदार जित


एबीसी न्यूज

काठमाडौं,१० असार । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यासमा ईष्ट लण्डन क्रिकेट क्लबमाथि २ सय २३ रनको शानदार जित हासिल गरेको छ ।
ईष्ट लण्डनको घरेलु मैदानमा भएको खेलमा नेपालले पुरा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । ३ सय ३९ रनको लक्ष्य पछ्याएको ईष्ट लण्डन ३८ दशमलभ ५ ओभरमा १ सय १५ रनमा समेटियो । उसलाई सस्तैमा समेट्न शक्ति गौचनले ४ तथा करण केसी र ललित रााजवंशीले २–२ विकेट लिए ।

नेपालको कसिलो वलिङ सामु बेलायती ३ जना व्याट्सम्यान डक आउट भएका थिए भने थप ५ जनाले दोहोरो अंक छुन सकेनन् । यसअघि अनिलकुमार साहले १ सय ३१ रनको उल्लेख्य पारी खेलेपछि नेपाालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रनको उच्च योगफल तयार पारेको थियो । ६२ वल डट खेलेका उनले १९ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

शरद भेषावकरले ९८ रनको योगदान गरे । ५८ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै साह र भेषावकरले चौथो विकेटका लागि २ सय २ सय १२ रनको साझेदारी गरेका थिए । पहिलो अभ्यासमा स्थानीय हेम्प्सायर क्लबलाई पराजित गरेको नेपाल दाोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससंग हार व्यहोर्न बाध्य भएको थियो ।

नेदरल्याण्डस् र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक सिरिज तथा डच टोलीविरुद्धको डेब्यु अन्तराष्ट्रिय वान डे सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली इंग्ल्याण्ड पुगेको हो । नेपाली टोलीले अन्तिम अभ्यासमा भोलि ईष्ट लण्डन सार्कसंग ट्वान्टी २० म्याच खेल्नेछ । त्रिकोणात्मक सिरिज भने शनिबार लर्डस्मा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com