ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लण्डन क्रिकेट क्लबमाथि नेपाली टोलीको शानदार जित


एबीसी न्यूज
श्रावण १०, २०७५ बिहीबार   ९ : ०६   बजे

काठमाडौं,१० असार । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यासमा ईष्ट लण्डन क्रिकेट क्लबमाथि २ सय २३ रनको शानदार जित हासिल गरेको छ ।
ईष्ट लण्डनको घरेलु मैदानमा भएको खेलमा नेपालले पुरा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । ३ सय ३९ रनको लक्ष्य पछ्याएको ईष्ट लण्डन ३८ दशमलभ ५ ओभरमा १ सय १५ रनमा समेटियो । उसलाई सस्तैमा समेट्न शक्ति गौचनले ४ तथा करण केसी र ललित रााजवंशीले २–२ विकेट लिए ।

नेपालको कसिलो वलिङ सामु बेलायती ३ जना व्याट्सम्यान डक आउट भएका थिए भने थप ५ जनाले दोहोरो अंक छुन सकेनन् । यसअघि अनिलकुमार साहले १ सय ३१ रनको उल्लेख्य पारी खेलेपछि नेपाालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रनको उच्च योगफल तयार पारेको थियो । ६२ वल डट खेलेका उनले १९ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

शरद भेषावकरले ९८ रनको योगदान गरे । ५८ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै साह र भेषावकरले चौथो विकेटका लागि २ सय २ सय १२ रनको साझेदारी गरेका थिए । पहिलो अभ्यासमा स्थानीय हेम्प्सायर क्लबलाई पराजित गरेको नेपाल दाोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससंग हार व्यहोर्न बाध्य भएको थियो ।

नेदरल्याण्डस् र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक सिरिज तथा डच टोलीविरुद्धको डेब्यु अन्तराष्ट्रिय वान डे सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली इंग्ल्याण्ड पुगेको हो । नेपाली टोलीले अन्तिम अभ्यासमा भोलि ईष्ट लण्डन सार्कसंग ट्वान्टी २० म्याच खेल्नेछ । त्रिकोणात्मक सिरिज भने शनिबार लर्डस्मा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group