ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पटक टोकियोमा नेपाली डिजाईनरको डिज़ाइनमा फ़ेशन शो हुदैँ


एबीसी न्यूज
श्रावण ७, २०७५ सोमबार  ९ : २७ बजे

टोकियो,जापान ७ साउन । जापानमा पहिलो पटक नमस्ते सुईङ् क्लब (Namaste Sewing Club) को आयोजनामा फेसन रनवे १०१८ (Fashion Runway 2018) नामक फेसन शो हुने भएको छ । अगस्ट ५ तारिख,टोकियोको सेतागया क्याम्पसमा दिँउसो २ बजेदेखि सुरु हुने फेसन रनवेमा नेपाली फेसन डिजायनर प्रेम स्याङ्बोको डिजायनमा जापानमा रहेका नेपाली मोडलहरुको पनि सहभागिता रहनेछ ।

नेपालबाट जापानमा अध्यायनका लागि आउने धेरै विद्यार्थीहरुको हुलमा सन २०१२ मा जापान आई, यहीँ फेसन डिजाईनिंगको अध्यायन गरी आफ्नो क्षमता र कलालाई फेसनमा उतार्दै, अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउँदै गरेका फेसन डिजायनर प्रेम स्याङ्बोले देखेका सपनाको मुर्तरुप हो, Namaste Sewing Club को यो प्रथम फेसन शो ले फेसन डिजायनको क्षेत्रमा नेपाली प्रतिभाको पहिचान गराउने आशा गरिएको छ । आईतबार, टोकियोको सिनओकुबोमा आयोजित,सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा, स्याङ्बोले भने – ‘नेपाल रहँदादेखि नै फेसनप्रति रुची र लगाव थियो, जापानमा एकेडेमिक अध्यायन गरेपछि थप नजिकबाट बुझ्ने अवसर पाएँ ।’

अध्यायन पश्चात फेसन डिजायनरकै रुपमा जापानी कम्पनीमा जागिरे जीवन बिताएका प्रेम अव नेपाली मन,औपचारिक अध्यायन र व्यवहारिक ज्ञान लिएर, नेपाली र जापानी समुदायमा आफ्नै पहिचान प्रस्तुत गर्ने जमर्को गर्दैछन् । ‘Fashion Runway 2018’ यस ईभेन्टमा प्रेमले एसियन कलर कम्बिनेसनमा गरेका डिजायनहरु प्रस्तुत गरिने छन् । प्रेम जापानमा व्यवसायीक फेसन डिजायनिङ्को क्षेत्रमा कृयाशील पहिलो नेपाली पनि हुन् ।

उनको डिजायनमा अन्तर्राष्ट्रिय अध्यायनबाट आर्जित ज्ञान र एशियन संस्कृती, रुची र भेषभुशा र नेपाली पनको समिश्रणका रंगहरु भेटिन्छन् । फेसन केबल बाहिरी आवरण सजावटको साधन मात्र होईन् यो त मानिसको ह्याप्पीनेस सँग जोडिएको हुन्छ । फेसनले दिने खुसी अरु चिजले दिन सक्दैन ।

फेसनले मानिसमा आत्मविश्वास बढाउँछ ।तर हाम्रो समाजमा फेसन केबल बुटिकमा सिमित भएको पाईन्छ । बुटिक त फेसनको एउटा पाटो मात्र हो । Namaste Sewing Club ले जापानमा पहिलो पटक फेसन र फेसन संग जोडिएका सम्पूर्ण पाटोहरु समेटेर केहि फरक गर्ने कोशिस गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com