ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडित मुश्लिम महिलालाई प्रहरीद्वारा उद्धार


bhawani desk
श्रावण ६, २०७५ आईतबार   ५ : ५२   बजे

लुम्बिनी,६ साउन । महिला हिन्सा अन्तका लागि राज्यले बहुविवाहप्रथा माथि कडा कानून ल्याई रहेको बेला रुपन्देहीमा तीन तलाकबाट पीडित एक मुश्लिम महिलालाई प्रहरीले उद्धार गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.५ मोहसड निवासी २७ बर्षीय जाबेद मुसलमानले आफनो श्रीमती २६ बर्षीया सबिनाखातुनलाई तीन तलाक दिई कपिलबस्तुको एक गाँउमा पुर्नविवाह ( निकाह ) गर्न लाग्दा प्रहरीले फिल्मीशैलीबाट घेरा हाली बहुविवाह हुनबाट रोकेर तीनतलाक पीडित मुश्लिम महिला लाई उद्धार गरेको हो ।

पाँचबर्षीय सन्तान समेत रहेको पीडित महिलाले दिएको उजूरीको आधारमा आफूले बहुविवाह गर्नबाट रोकेर ती दम्पतीलाई पुर्नःमिलन समेत गराई घर पठाएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकरपोखरेलले जानकारी गराए ।

प्रहरीको गाडी देखेर तयारी अवस्थामा रहेको जन्तीहरु खाना छाडेर भागाभाग मच्चिए पछि स्थानीयको सहयोगमा बेहुला मुसलमानलाई समात्न सफलता पश्चात उनले पहिलाकै श्रीमतीलाई भित्रयाउने शर्तमा राजीखुशी भई दुबै जना घरमा शान्त पूर्बक बस्न थालेको प्रहरी निरीक्षक पोखरेलको भनाई छ ।

मुश्लिम बाहुल्य लुम्बिनी क्षेत्रमा प्रहरीले चालेको स्वागत योग्य कदमलाई तीन तलाक पीडित अधिकाँश मुश्लिम महिला माझ खुशहाली समेत छाएको कुरा लुसाँनपा ५ का वडा अध्यक्ष खुर्सेद अहमद मुसलमानले जानकारी गराए ।

उनले लुम्बिनी साँस्कृतिक नगरपालिका जस्तो ठाँउमा सामान्य झै झगडा मिलाउन नगरप्रहरीको आवश्यकता रहेको सुझाव समेत दिएका छन ।

तर ईस्लामधर्म मुताबिक समझाई बुझाई पश्चात पनि श्रीमान श्रीमती एकआपसमा नमिल्दा तीन महिनामा तीन पटक तलाक शब्द भने पछि मात्र तलाक नामा हुने प्रावधान बिपरीत कतिपय रीस आवेगमा तुरन्त तीनतलाक दिई ईस्लामधर्मको उपहास गर्न थालेको हुदा झै प्रहरीले तीनतलाक पीडित महिलाहरुलाई उद्धार गर्नुपर्ने ईस्लामधर्म गुरु मौलाना अब्दुलसलामले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

सम्बन्धित

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group