ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक अरुणको संझना


एबीसी न्यूज

काठमाडौँ, ६ साउन। ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल……’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ ।

नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उहाँहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उहाँको स्मृति दिवस मनाउँदै आएको बताए ।

विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका स्व थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो ।

विसं २०२८ मा ‘…..जति माया गरे पनि जति कसम खाए पनि ….’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो ।

विभिन्न देशभक्तिपूर्ण गीतले उहाँलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी…….’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर….’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले उहाँलाई विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो ।

विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उहाँको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गर्नुभयो । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ ।

त्यस अवसरमा बूढामगरले नेपालको सांगीतिक क्षेत्रको विकासमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुहुँदै मगरात क्षेत्र मगर जातिको मात्र नभई देशको नै पहिचान हो भन्नुभयो ।

पुरस्कृत व्यक्तित्व धनकुमारी थापामगरले संगीत क्षेत्रको सफलताका लागि परिश्रम, लगाव तथा मेहनतको खाँचो रहेको औँल्याउँदै मगरजातिको छुट्टै वेषभूषा नेपालको गौरव हो भन्नुभयो ।

गलकोट नगरपालिकाका उपप्रमुख रेणुका थापामगरले स्व अरुण नेपालको सांगीतिक क्षेत्रमा उदाउँदो नक्षत्र भएको र उहाँले सांगीतिक क्षेत्रमा दिनुभएको योगदान विर्सन हुँदैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com