ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिसडोल भरिएपछि फोहर व्यवस्थापन गर्न समस्या


bhawani desk

काठमाडौं ,५ साउन । एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन ।

अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनौं स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ ।

काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर व्यवस्थापन गर्न समस्या भएको हो ।

लामो समय यसरी थुप्रिएको फोहरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएको छ । हरेक दिन काठमाडौँ उपत्यका(१८ नगरपालिका) बाट दैनिक एक हजार मेट्रिक टन( काठमाडौँ महानगरपालिकाबाट ५०० मेट्रिक टनसहित) फोहर निजी र कामपाका गरी १५० गाडीमार्फत बञ्चरे डाँडामा व्यवस्थापन हँुदै आएको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकालले भने गत मंगलबारदेखि नियमित फोहर उठिरहेको जानकारी राससलाई दिनुभयो । ढकालले नियमित फोहर उठिरहेको बताए पनि उपत्यकाका विभिन्न स्थानमा प्रशस्तै फोहरको थुप्रो देखिन्छ ।

सिसडोलमा व्यवस्थापन गर्ने स्थान मात्र होइन वर्षात्का कारण बाटो पनि बिग्रिएको र समय समयमा मर्मत गर्दै फोहर लानुपर्ने भएकाले नियमित व्यवस्थापन गर्न समस्या भएको कामपाको भनाइ छ । “वर्षात्को समय छ, नियमितजसो पानी परिनै रहन्छ, अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने फोहर व्यवस्थापनमा पुनःसमस्या नआउला भन्न सकिँदैन”, ढकालले भन्नुभयो ।

नियमित रूपमा फोहर संकलन शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आआफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाल घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले पछि घरमा नै फोहरको गाडी आउने जनाएको छ ।

कामपाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोल लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै नुवाकोट, सिसडोलका बासिन्दाले सो स्थानमा अब फोहर नराख्न आग्रह गर्दै आएका छन् ।

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थानभन्दा केही पर नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न केन्द्र निर्माण गर्ने भनिँदै आए पनि हालसम्म केही काम भएको छैन । कामपाले फोहर व्यवस्थापन केन्द्र सरकारले निर्माण गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयक समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com