ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलिया ईच्छुक


एबीसी न्यूज

काठमाडौं, ४ साउन । उर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

उनले उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखेका थिए ।

उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

अष्ट्रेलियन राजदूत बडले भेटमा उर्जामन्त्रालय मातहतका निकायलाई विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताएका थिए । उनले उर्जा क्षेत्रमा काम गर्न आफु निकै इच्छुक रहेको धारणा समेत भेटमा राखेका थिए ।

राजदूत बडले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत मन्त्री पुनलाई दिएका थिए । उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३ सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने ईच्छा व्यक्त गरेको समेत भेटमा बताए ।

प्राविधिक सहयोग सम्बन्धमा हस्ताक्षर
उर्जामन्त्रालय अन्र्तगतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धमा समेत एमओयु भएको छ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितीमा शुक्रवार कम्पनीका प्रवन्धक निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलोपम्याण्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुबै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको े विद्युत उत्पादन कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । त्यसैगरी समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com