ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन


bhawani desk
श्रावण ४, २०७५ शुक्रबार  १२ : २९ बजे

मनाङ, ४ साउन । पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो ।

यस जिल्ला पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएता पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घरबास (होमस्टे) आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो । उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेको हुँदा पर्यटकको चाप थेग्नका लागि होमस्टेले सहयोग पु¥याएको छ ।

गाउँघरका मौलिक पुराना बस्तीमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीमा होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो । हाल यस जिल्लामा दुईवटा गाउँमा होमस्टे सञ्चालनमा आएका छन् ।

नासों गाउँपालिकाअन्तर्गतका दुईवटा वडा, नं ४ का १५ घर र वडा नं ८ ताचै गाउँमा २६ घर सञ्चालनमा आएका छन् । वडा नं ४ ओडार गाउँ यस जिल्लाको पहिलो घरबास (होमस्टे) भएको ठाउँ हो भने वडा नं ८ ताचै गाउँमा साउन २ गतेदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ ।

गाउँको चिनारीको वृत्तचित्र र म्युजिक भिडियोबाट गाउँलाई प्रचारप्रसारमा ल्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको हो । पर्यटन प्रवद्र्धनबाट गाउँको उन्नतिका लागि होमस्टेको अवधारणासँगै पदमार्गले नासों गाउँपालिकाका नौवटै वडा जोड्ने लक्ष्य रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभएको छ ।

उहाँका अनुसार ताल, धारापानी, खोत्रो, थोचे, तिल्चे, ताचै, हुँदै दानक्यु, बगरछाप, घ्यालनचोक, ओडार गाउँबाट धारापानी जोड्ने पदमार्गको योजना बनाई काम थालिएको छ । सरकारको अवधारणाअनुरुप पर्यटन प्रवद्र्धनका लागि योजना बनाई अगाडि बढेको र चामे गाउँपालिकामा पनि घरबास (होमस्टे) निर्माणका लागि योजना निर्माण गरेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि घरबास (होमस्टे) निर्माणमा लाग्दै मनाङको परम्परा र प्राचीन घरको प्रयोग र सदुपयोगमा लागेको घरबास समिति ताचैका अध्यक्ष याद घलेले बताउनुभयो । घरबास (होमस्टे)ले मनाङको परम्परा, धर्म, संस्कृति मौलिकतालाई उजागर गर्दै पारिवारिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने उहाँको भनाइ रहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले प्राकृतिक संरक्षण मात्रै नभई गाउँका मानिसको जीवनस्तर उकास्नका लागि आयआर्जनका काम पनि गर्दै आएको छ ।

होमस्टेका लागि कुक तालीम, लोकल जुस बनाउन लालीगुराँस, भूँइकाफल र च्यार्की जुस निर्माण तालीम पनि दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com