ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ क्षेत्रमा हजारौं युवालाई रोजगारीको अवसर


एबीसी न्यूज
श्रावण ४, २०७५ शुक्रबार  ११ : १३ बजे

काठमाडौँ, साउन ४ । वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तार गरिरहेकाले हजारौंलाई रोजागारीको मौका मौका आइरहेको हो । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ ।

वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ वटा बैंक मिलेर धमाधम आफ्ना शाखाहरु विस्तार गरिरहेका छन् । ती शाखाहरुका लागि बैंकले स्थानीय तहबाट कर्मचारी छनौट गर्नेछन् । २०७५ असार २४ गतेसम्मको तथ्यांकअनुसार संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ । बाँकी १९७ वटा स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्नेछन् ।यसबाहेक, विकास बैंकहरुले पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाइरहेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म फैलिँदै छन् । लघुवित्तको त संख्या नै थपिँदैछ । अहिले ६३ वटा लघुवित्त संस्थाहरु संचालन रहेका छन् ।

संचालन अनुमतिका लागि नयाँ आवेदन लिन बन्द गरेपनि राष्ट्र बैंकले पहिले नै आइसकेको आवेदनलाई अनुमति दिइरहेको छ । यसआधारमा बढ्दै जाने माइक्रोफाइनान्सहरुलाई पनि कर्मचारीको आवश्यकता पर्ने हुन्छ ।

यसरी, अबका दिनहरुमा बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी अवसर सिर्जना हुने भएकाले व्यवस्थापन संकायमा अध्ययन सकेर बसेका व्यक्तिहरुले तयारी गर्नु राम्रो हुन्छ । बैंकिङ नीति तथा नियमहरु, बैंकमा प्रयोग हुने गरेका प्रविधिहरु लगायतका कुराहरुको अध्ययन गर्दै गरे यो पटक तपाईँले खाडी मुलुक जानेबारे सोच्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com