ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दन्तेवाडामा ठूलो भिड्न्त, शीर्षतहका माओवादी कमाण्डरसहित ८ जना मारिएको प्रहरीको दाबी


एबीसी न्यूज

दन्तेवाडा, ३ साउन । छत्तिसगढको दन्तेवाडा र बीजापुरको सीमामा पर्ने तीमेनारको पहाडमा बिहीबार बिहान प्रहरी र नक्सलवादीबीच भएको मुठभेडमा ८ जना नक्सलवादी ९माओवादी०का मृत्यु भएको र मृत्यु हुनेमा तीन जना महिला रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले सबै नक्सलवादीका शव बरामद गरेको जनाएको छ । साथै उनीहरुको साथबाट अत्याधुनिक स्वचलित हतियार र भारी मात्रामा विस्फोटक बरामद गरेको एसपी नक्सल अपरेशन जीएन बघेललाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दन्तेवाडामा डीआरजी र एसटीएफका जवान विहीबार विशान करीब ६ बजे गंगालूर क्षेत्रका तीमेनार पहाड क्षेत्रको जंगलमा सर्च अपरेशनमा थिए । यसैक्रममा सुरक्षाकर्मीलाई देख्नसाथ नक्सलवादीले आक्रमण शुरु गरे । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायरिङ गरे ।

करीब आधा घण्टासम्म चलेको भिडन्तमा ८ जना नक्सलवादी मारिएको सुरक्षा अधिकारीको दाबी छ । उनीहरुको साथबाट प्रहरीले २ थान इन्सास, २ थान थ्रीनटथ्री १ थान १२ बोर बन्दुकसहित भारीमात्रामा विस्फोटक पदार्थ बरामद गरेको बताइएको छ ।

मुठभेडमा मारिएका नक्सलवादीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । वरामद गरिएका हतियारका आधारमा मारिएका नक्सलवादी उच्चतहका नेता भएको प्रहरीको दाबी छ । यस्ता हतियार नक्सलवादीका उच्च कमाण्डरले मात्रै प्रयोग गर्ने गरेको उनीहरुको दाबी छ ।

लामो समयपछि छत्तीसगढ प्रहरीले यो ठूलो सफलता पाएको उनीहरुको दाबी छ । अहिलेसम्म आन्ध्र प्रदेश, उडिसा र महाराष्ट्र प्रहरीले गरेका छन तर सफलता हात पार्न नसकेको बताइएको छ । दन्तेवाडा कारबाहीको नेतृत्व डीआरजी र एसटीएफले संयुक्त रुपमा अगाडि बढाएका हुन् ।

गृहमन्त्रीका बधाई

नक्सलवादीमाथि दन्तेवाडामा प्रहरीले पाएको सफलताका लागि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मुख्यमन्त्री रमन सिंहलाई फोन गरेर बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com