ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा जिल्लामा १ अर्ब ५० करोड बढी रकम फ्रिज


bhawani desk
श्रावण २, २०७५ बुधबार   ५ : ४३   बजे

झापा,२ साउन । झापा जिल्लामा १०.३० प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।

झापाको स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७ सय ९९ रुपैया ३२ पैसा बराबरको कुल बजेट मध्ये आर्थिक बर्ष ०७४।७५ मा पूँजीगततर्फ ७९ प्रतिशत र चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको छ ।

जसमध्ये चालुतर्फ ७८ करोड ७६ लाख ७२ हजार ९ सय ५६ रुपैया र पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३ सय ३२ रुपैया गरी कुल १ अर्ब ५० करोड ६० लाख २४ हजार २ सय ८८ रुपैयाँ बराबरको बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख लावन्यराज दाहालले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक बर्ष ०७३।७४ मा झापाको ११ अर्व ४१ करोड ४८ लाख ४ हजार ८ सय ९४ रुपैया बराबरको कुल बजेटमध्ये ७६ करोड ३३ लाख २ हजार ६ सय १५ रुपैया बराबरको बजेट फ्रिज भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ०७४।७६मा बढी बजेट फ्रिज भएको देखिन्छ ।

गत आर्थिक बर्षको चालु खर्चतर्फ खुद बजेट ११ अर्ब १९ करोड ५३ लाख १० हजार २ सय ३४ रुपैयामा १० अर्ब ४० करोड ७६ लाख ३७ हजार २ सय ७८ रुपैया खर्च भएको थियो । असार मसान्तमा मात्र ८७ करोड ४९लाख १६ हजार ५३ रुपैया खर्च भएको देखिन्छ । त्यस्तै पँुजीगत तर्फको खुद बजेट ३ अर्ब ४१ करोड ९७ लाख २८ हजार ५ सय ६५ रुपैयाँमध्ये २ अर्ब ७० करोड १३ लाख ७७ हजार २ सय ३२ रुपैया खर्च भएको छ ।

असार मसान्त मात्र १ अर्ब १९ करोड ५८ लाख ६६ हजार ७ सय १३ रुपैया खर्च भएको देखिन्छ । विकास निर्माणतर्फ पुँजीगत खर्च भएकोले बढी बजेट त्यही शिर्षकबाट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण प्रमुख दाहालले बताउनुभयो ।

उहाँका अनुसार विकास निर्माण कार्य ढिलासुस्ती, समयमा बजेट नआएको र ठेक्का लागेको निर्माण कार्य समेत अलपत्र हुदाँ त्यस्तो शिर्षकको बजेट खर्च हुन सकेन । त्यही रकम फ्रिज हुन गयो, समयमा काम भएको भए रकम फ्रिज हुदैन थियो उहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group