ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ हजार भन्दा बढि परिवार तरकारी खेतिमा


bhawani desk

तानसेन १ श्रावण । प्रधानमन्त्री कृषिआधुनिकिकरण परियोजना जोन कार्यान्वयन ईकाई (तरकारी जोन) तानसेन पाल्पाले चाल आर्थिक बर्षमा भएका कार्यक्रम, योजना तथा प्रगति विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक बर्षमा तरकारी जोन कार्यालय पाल्पाले ९५.३७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । तरकारी जोन परियोजनाले हाल तानसेन नगरपालिकाको १४ वटै वडा लाई तरकारीको पकेट क्षेत्र घोषणा गरी तरकारी उत्पादनमा बृद्धि गरेको छ ।

परियोजना पाल्पाले तरकारी खेतीको लागी विउ, वेर्ना, विरुवा तथा माछाको भुरामा ५० प्रतिशत अनुदान, कृषकलाई प्राविधिक सहयोग शतप्रतिशत, प्रयोगशाला सहयोग ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिंचाईको लागी ८५ प्रतिशत, उत्पादित तरकारीको बजार व्यबस्थापनमा ८५ प्रतिशत सहयोग प्रदान गर्दै आएको परियोजना कार्यालय प्रमुख रामप्रसाद पाण्डेले बताउनु भयो ।

परियोजना अन्तरगर्त तरकारी खेतिमा हाल सम्म १ सय १२ वटा समुह निर्माण २ हजार ४ सय ३१ परिवारले काम गर्दै आएका छन । जसमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका छन । जातिगत रुपमा ५ प्रतिशत दलित, ४१ प्रतिशत जनजाती र ५४ प्रतिशत अन्य जातजाति रहेका छन ।

कार्यालयले यस बर्ष १०.५ मिटरका ३ सय ५० वटा प्लाष्टिक टनेल निर्माण, उच्च प्रविधीको हाईटेक टनेल ४ वटा, नमुना प्रर्दशनीको लागी अर्गली, बौघागुम्वा र दमकडामा मल्चिङ प्लाष्टिक, टनेल खेतीको नमुना प्रदर्शनी, तरकारी उत्पादक कृषकहरु लाई उत्पादनमा आधारित प्रोत्साहन रकम, तरकारी बजारीकरणको लागी ट्रक ट्याक्टर, जिप, खनजोतको लागी साना ठुला पावर टिलर जस्ता उपकरण प्रदान गरी कृषकहरुको हौसल्ला बढाउदै आएको कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com