ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी


एबीसी न्यूज
श्रावण १, २०७५ मंगलबार   ८ : ०७   बजे

भक्तपुर, १ साउन।  भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।

नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमनकै क्रममा कक्षपति किराना पसलमा प्याकिङ सामानमा लेबल नभएको, म्याद नाघेको सामान पान्टेन स्याम्पु एक, डिटोल ह्यान्ड वास एक र श्रीशिव पञ्जाबी मसला पापड एक भेटिएकाले त्यस्ता सामान नष्ट गरिएको छ । त्यस्तै, पेटीमा राखेको फ्रिज राख्ने फ्रेम तीन दिनभित्र हटाउन निर्देशन दिएको छ ।

यता मेरो श्रेष्ठ किराना पसलमा प्याकेजिङको समानमा लेबल नराखी बिक्री गरेको, प्रजापति भेज स्टोरले एउटा पसल दर्ता गरी दुई वटा सञ्चालन गरेको, प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ ।

त्यस्तै, गणेश मिठाई पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको, किचेन फोहर भएको, पुरानो र बासी मिठाई बिक्री गरिरहेको पाइएकाले त्यस्ता मिठाई नष्ट गरिएको, पेटीको सामान हटाउन र नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

न्यू गुप्ता पान पसल तीन दिनभित्र पसल दर्ता गर्न, मूल्यसूची राख्न र पेटीको सामान हटाउन सुझाव दिएको अनुगमन समितिका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

समितिका सदस्य हरिराम सुवाल, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका रामशरण तामाङ, जिल्ला प्रशासन कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group