ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दर्जन बढी किसान ठगीमा


bhawani desk

खोटाङ, ३२ असार । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो ।

केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई दर्जनभन्दा बढी किसान ठगीमा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फार्मका प्रबन्ध निर्देशक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गरेका व्यक्तिले प्रतिफार्म÷व्यक्तिबाट रु दुई लाख ५० हजारका दरले रकम उठाएका थिए ।

पीडित किसानका अनुसार आफ्नै खातामा रु दुई लाख ५० हजार जम्मा गरेबापत अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि उनीहरु ठगीमा परेको पाइएको छ । “हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मख्ख परियो,” ठगीमा पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईले भन्नुभयो – “खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकालेपछि फरार भएछन् । हामीमाथि भएको ठगी प्रकरणको छानविन गरी पाऊँ ।”

ठगिएका किसानका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाडौँबाट तीनजना र ज्योति विकास बैंकबाट एकजनाको गत असार २८ गते रकम चोरी भएको पाइएको हो । यसबाहेक अन्य किसानको पनि चोरी भएको तर जानकारी भने नआइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठगीमा पर्नेमध्ये अहिलेसम्म २० जनाले कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने अपरिचित व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको पाइएको बताउनुभयो ।

प्रनाउ थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएका अपराधीको खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

ठगिनेमा निर्मलीडाँडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा, गोपेनीलगायतका किसान रहेका छन् । किसानलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने व्यक्ति करीब डेढ महिनाअघि खोटाङ आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com