ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एशियाली तथा आमन्त्रण( आईटिएफ )तेक्वान्दो सम्पन्न, नेपाल बन्यो च्याम्पियन


bhawani desk

 

काठमाडौं,३२ असार । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठुला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो ।

दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो । तेश्रो स्थानमा रहन सफल तुर्कि्मिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो । नेपालले  जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ ।
जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्यँ प्राप्त गर्दा दोश्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण,१२ रजत र १२ कास्यँ ल्याउदै ठुलो चुनौती पेश गरेको थियो । सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,१२ रजत र १९ कास्यँ जित्दा दोश्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण,१७ रजत र २७ कास्यँमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्लकबेल्टको स्पाईरिङमा स्वर्ण जित्दा,टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउदा महत्वपूर्ण सदस्य थिईन् ।
सिनियर पुरुषतर्फ तुकिमिन्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।
नेपाल आईटिएफ तेक्वान्दोको आयोजनामा संचालन भएको प्रतियोगितामा महिला १० बर्ष मुनीको उमेर समूहको २० केजी मुनीको स्पाईरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ बर्षको कलर ब्लडको स्पाईरिङ नेपालले ५ स्वर्ण जित्न सफल भयो । जस अनुसार ३५ केजी मुनी नेपालकी निशा पुलामी मगर,४५ केजी मुनी अभिना राई,५५ केजी मुनी अनिष कार्की,६० केजी मुनी कोपीला स्याङताङ र ६५ केजी मुनी डोल्मा गुरुङले स्वर्ण जित्न सफल भए ।
त्यसरी नै १५ देखि १७ बर्षको रंगिन पेटीका महिला स्पाईरिङमा नेपालले ३ स्वर्ण जितेको थियो । नेपालका लागि ४५ केजी मुनी रश्मी थापामगर,५२ केजी मुनी सचिता सुनुवार र ५८ केजी मुनी चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ बर्षको सिनियर रंगिन पेटीको ५२ केजी मुनी नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ बर्षको कालो पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो ।
सबिना लामाले ५५ केजी मुनी,करिश्मा घर्तिमगरले ६४ केजी मुनी र कन्याम लिम्बूले ७० केजीमाथी स्वर्ण जितेका थिए । महिला १८ देखि ३९ बर्षको कालो पेटीमा नेपालले ४ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४७ केजी मुनी रुबिका खड्का,५२ केजी मुनी रन्जु पुलामी मगर,५७ केजी मुनी रिना धिमाल र ७७ केजी मुनी सृजना राईले स्वर्ण जितेका थिए ।
महिला ब्यक्तिगत प्याटनतर्फ नेपालले ४ स्वर्ण हात पार्यो । रंगिन पेटीमा सचिता सुनुवार,दोश्रो डान कालो पेटीमा निश्मा बस्याल,तेश्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आ–आफ्नो खेलमा स्वर्ण जित्न सफल भए । महिला टिम प्याटन र टिम स्पाईरिङमा पनि नेपालले २ स्वर्ण जित्यो । प्याटनमा रुबिका खड्का,रिना धिमाल,निश्मा बस्याल,तुलसा साजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाईरिङमा सोनी खड्का,रुबिका खड्का,संचिता लामा,शान्ती खत्री,रिना धिमाल र सृजना राईको समूहले स्वर्ण जितेका थिए ।
त्यस्तै गरि पुरुष १० बर्ष मुनी नेपालले २ स्वर्ण जित्न सफल भयो । २२ केजी मुनी अभिषेक राई र ३२ केजी मुनी लक्की राईले स्वर्ण जितेका थिए । पुरुष १० देखि १३ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ६ स्वर्ण जित्न सफल भयो । ३० केजी मुनी किस्मत पुन,३५ केजी मुनी शिशिर राई,४० केजी मुनी शिवम घर्तीमगर,४५ केजी मुनी,बिनोद रखाल, ५० केजी मुनी बिजय सारु र ५५ केजी मुनी निलेश थापामगरले आ–आफ्नो खेलमा स्वर्ण जिते ।
पुरुष १४ देखि १५ बर्षको रंगिन पेटीमा नेपालले २ स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजी मुनी र अभिषेक राईले ६० केजी मुनी स्वर्ण जिते । पुरुष १६ देखि १७ बर्ष मुनी रंगिन पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजी मुनी,सुजन शाही ठकुरी ५१ केजी मुनी,पुर्ण लोप्चनले ५७ केजी मुनी र सुमित खुलाल मगर ७५ केजी माथीले स्वर्ण जितेका थिए । पुरुष १८ देखि ३९ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ३ स्वर्ण जितेको थियो । किरण कुवँरले ५८ केजी,चुडामणी कुवँरले ६४ केजी र देवीकुमार थारुले ७१ केजी मुनी स्वर्ण जिते ।
पुरुष १५–१८ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले ७ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजी मुनी श्याम राई,५१ केजी मुनी बिशाल बुढामगर,५७ केजी मुनी अनिल तामाङ, ६० केजी मुनी कृष्ण बस्नेत, ६३ केजी मुनी प्रताभ कार्की,६९ केजी मुनी अन्जिल कुवँर र ७५ केजी माथी साजन बच्चमैयाले स्वर्ण दिलाएका थिए । पुरुष १८–३९ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले २ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजी मुनी सागर शम्सेर कुवँर र ७८ केजी मुनी चाउची डंगोलले स्वर्ण जितेका थिए । पुरुष पाँचौ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण दिलाए ।
त्यस्तै टिम स्पाईरिङमा नेपालले स्वर्ण जित्यो । चाउची डंगोल,लिलाधर बस्नेत,दिनेश बुडामगर र बीर कुवँरको टिमले भारतलाई ३–२ को स्कोरमा स्तब्ध बनाएको थियो । तीन दिने प्रतियोगिताको बिजेता खेलाडीलाई शिक्षा मन्त्री गिरीराजमणी पोखरेल,आयोजक नेपाल इन्टरनेश्नल तेक्वान्दो संघ(आईटिएफ) का अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।
आईतवार बेलुकी कृतिम प्रकाशमा सम्पन्न प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्सका इभेन्टहरु समाबेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com