ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा


bhawani desk
असार ३२, २०७५ सोमबार   ३ : ०२   बजे

चितवन , ३२ असार । चितवन जिल्लालाई आज पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १५ महिनासम्मका ७ हजार ५ सय ८९ बालबालिकाले पुर्ण खोप लगाएको सुनिश्चित भएपछि चितवनलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमकी प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले चितवन जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेकी हुन् । घोषणासँगै राज्यमन्त्री अर्यालले जिल्ला समन्वय समिती र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पुर्ण खोप सुनिश्चित जिल्लाको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

चितवनको भरतपुर महानगरपालिका पनि आज नै पुर्ण खोप सुनिश्चित महानगरपालिका घोषित भएको छ । चितवनको अन्य नगरपालिका र गाँउपालिका यसअघि नै पुर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए । भरतपुर महानगरपालिकाको २९ वटा वडाहरुमध्य १८ वटा वडाहरु यसअघि नै पुर्ण खोप सुनिश्चित वडा घोषणा भएको र बाकी ११ वटा वडाहरुलाई आज पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

सबैवडा हुदै महानगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा भएसँगै समग्र जिल्ला नै पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो । जिल्ला खोप समन्वय समितीका प्रमुख कृष्णकुमार डल्लाकोटीले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहाललाई पुर्ण खोप सुनिश्चित महानगरपालिकाको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपस्थितहरुले जिल्लालाई पुर्ण खोप सुनिश्चित कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group