ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउडका चर्चित एवं सफल कलाकार आमीर खान विवादमाः अवैध सम्बन्धबाट १५ वर्षे छोरो रहेको खुलासा


एबीसी न्यूज
असार ३०, २०७५ शनिबार  ६ : २७ बजे


वलिउड यस्तो फिल्म इन्डष्ट्री हो जसले लाखौं रहस्य लुकाएर राख्न सक्छ । पछिल्लो समय कुनै कुनै कलाकारको अफेरका बारेमा एकपछि अर्को रहस्य भाइरल भइरहका छन्। जहाँ केही कालकारले आफुनो प्रेम खुल्लमखुला प्रकट गर्छन भने कतिपय यस्ता पनि छन जसले चुपचाप बसेर हेर्छन् ।

केही समय अघिमात्रै पूर्वविश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायका बारेमा यस्तै एउटा हल्ला सार्वजनिक भएको थियो । एउटा २२ वर्षे युवाले ऐश्वर्यालाई आफ्नो आमा भएको दाबी गरेको थियो । त्यो कुरा सेलाउन नपाउदै फेरि बलिउडका चर्चित एवं सफल कलाकार आमीर खानलाई जोडेर एउटा ठूलो खुलासा भएको छ । सञ्चारमाध्यममा आएका खबरहरुलाई आधार मान्ने हो भने आमीर खानको एक महिलासँग सम्बन्ध थियो र उनीबाट एउटा सन्तान पनि छ ।

आमीर खान यति अहिले ५३ वर्षका भए । उनको जन्म ४ मार्च १९६५ मा मुम्बईमा भएको थियो । कानुनी रुपमा आमीर खानका दईवटा विवाह गरे । उनको पहिलो विवाह सन १९८६ मा रीना दत्तासँग भएको थियो । विवाह गर्दा आमीर खान जम्मा २१ वर्षका थिए ।

रीना र आमीरका दईवटा बच्चा जन्मिए । पछिल्लो बच्चा जन्मीएको केही समयपछिबाट उनीहरुको सम्बन्धमा दरार उत्पन्न भयो र अन्ततः उनीहरुले सम्बन्ध विच्छेद गरे । यसपछि सन २००५ मा आमीर खान र उनकी साथी किरण रावबीच निकटता बढ्यो र पछि विवाहमा परिणत भयो । उनीहरुको पहिलो भेट फिल्म शुटिङका क्रममा भएको बताइएको छ । अहिले आमीर खान र किरण रावबीच सम्बन्ध राम्रो छ र एकअर्कालाई औधी माया गर्छन् । किरण राव फिल्म डाइरेक्टर हुन ।
तर आमिर खानको अरु कुनै महिलासँग पनि नाजायज सम्बन्ध भएको खुलासा भएको छ । जसका बारेमा आमीर खानले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यति मात्रै होइन उनको नाजायज सम्बन्धबाट जन्मीएको एउटा छोरा पन रहेको बताइएको छ । जसको तस्वीर हिजआज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जेसिका थिइन आमीर खानकी प्रेमिका
वावस्तवमा, अहिले आमीर खानको नामक जेसिका हाइन्ससँग जोडेर चर्चा गरिएको छ । स्रोतका अनुसार उनीहरुको पहिलो भेट फिल्म गुलामको शुटिङका क्रममा भएको थियो । त्यसपछि आमिर र जेसिका लामो समय प्रेम सम्बन्धमा रहे । सोही समयमा जेसिका गर्भवती भइन । जब जेसिकाले आमीरलाई आफू गर्भवती भएको जानकारी गराइन । तर आमीरले गर्भपतन गर्न भने । जेसिकाले बताए अनुसार उनी बच्चालाई जन्माउन चाहान्थिन तर आमीर भने अर्बोसन गर्न यसैबीच उनी आमीरबाट टाढा भइन र छोराको जन्म भयो ।

अहिले आमीर खानको नाजायज छोरो १५ वर्ष भएको र उ पनि एक मोडल बनिसकेको दाबी गरिएको छ । आमीर खानको अवैध सम्बन्धबाट जन्मीएको छोराको नाम जान हो । जो चर्चित मोडल बनिसकेका छन् । यी सबै कुराको दाबी र पुष्टी मिडियामा आएर जेसिकाले खुलासा गरिन ।

तर यसबारेमा आमीर खानसँग जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन अस्वीकार गर्दै भने मैले जेसिका नाम गरेकी कुनै पनि केटीलाई चिन्दैन र कुनै सम्बन्ध पनि छैन । साथै कुनै नाजायज छोरो पनि छैन । उज्जव प्रभात डटकमबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com