ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय


bhawani desk
असार ३०, २०७५ शनिबार   ५ : ५०   बजे

चितवन, ३० असार। चितवन रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको उक्त सामुदायिक वनमा पर्या–पर्यटन विकास र संरक्षणका लागि शुल्क लिने निर्णय गरेको अध्यक्ष ईश्वरी लामिछानेले जानकारी दिनुभयो ।

वनले आफ्नो सेवा क्षेत्रभित्र प्रवेश गर्ने जीप, कार, भ्यान र अन्य गाडीलाई एकपटक प्रवेश गर्दा रु पाँच सय रुपैयाँ र प्रतिव्यक्ति नेपाली पर्यटकलाई रु २५ तथा विदेशीलाई रु २०० तोकेको छ । पर्यटन शुल्क आगामी साउन १ गतेबाट लागू हुने उहाँको भनाइ छ ।

जैविक मार्गक्षेत्रमा पर्ने टिकौली वनको भित्री भागमा विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल रहेको छ । गैंँडा तथा विभिन्न प्रजातिका वन्यजन्तु, चरा, गोही हेर्न तथा प्राकृतिक रमणीय वातावरणमा रमाउन यहाँ पर्यटक पुग्छन् । उक्त तालमा टिकौली वन हुँदै जानुपर्छ ।

महत्वपूर्ण संरक्षित क्षेत्र भएको र पर्यटकीय गतिविधिसमेत बढेकाले दिगो संरक्षण र व्यवस्थापन गर्न शुल्क लिने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ । संरक्षण व्यवस्थापनका लागि शुल्क उठाउने निर्णयलाई सहज रुपमा लिन सबै पर्यटन व्यवसायीलाई वनका अध्यक्ष लामिछानेले आग्रह गर्नुभएको छ ।

वन क्षेत्रमा पर्ने टिकौली ताल, चेपाङ ताल, ठूली घोल, आमसोती घोलमा लोपोन्मुख रहेका विभिन्न प्रजातिका चराको मुख्य वासस्थानसमेत रहेको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताउनुभयो ।

विभिन्न मठमन्दिर, ईको कल्चर पार्क, चेपाङ र थारु बस्ती समेत यहाँ रहेको छ । यहाँको वन क्षेत्रमा दुर्लभ एक सिङ्गे गँैडा र पाटे बाघसँगै अन्य वन्यजन्तुसमेत देख्न सकिन्छ । अध्यक्ष लामिछानेले लागू हुने शुल्कबाट उठेको १० प्रतिशत रकम वीसहजारी ताल संरक्षण समितिलाई उपलब्ध गराउने जानकारी दिनुभयो ।

यहाँको मध्यवर्ती क्षेत्र हेर्ने मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष बुद्धि विक भने यसरी शुल्क लिनु सान्दर्भिक नहुने तर्क गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group