ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वटा वडा दिशामुक्त क्षेत्र घोषणा भएन


bhawani desk
असार ३०, २०७५ शनिबार   १२ : १९   बजे

वीरगञ्ज, ३० असार । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिशामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ ।

उनन्तिस हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताका कारण हालसम्म दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको इन्जिनियर सुनिलकुमार कर्णले राससलाई बताउनुभयो ।

एक लाख २७ हजार २२७ महिला तथा एक लाख १३ हजार ६९५ पुरुष गरी दुई लाख ४० हजार ९२२ जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र रहेका ३२ वडामध्ये २३ वटा वडाको घरमा शौचालय भएकाले ती वडा दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं १, १५, ३० र ३१ वडा दिसामुक्त क्षेत्र घोषणाको संघारमा रहेका छन् ।

छयानब्बे प्रतिशत घरमा शौचालय भए पनि अन्य चार प्रतिशतले आफ्नो घरमा शौचालय नबनाएकाले उनीहरुलाई महानगरपालिकाबाट दिँदै आएको सुविधा कटौती गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र २३ वटा सार्वजनिक शौचालय रहेका छन् । महानगरपालिकाले सञ्चालनमा ल्याएका दुई वटा घुम्ती शौचालय सेवा बन्द भएपछि बटुवाले सास्ती भोग्दै आइरहेका छन् ।

पाँच वटा वडा किन दिसामुक्त क्षेत्र घोषणा नभएको भनी जिज्ञासा राख्दा महानगरपालिकाका प्रमुख विजय सरावगीले ती वडामा धमाधम शौचालय निर्माण भइरहेकाले ती वडा निकट भविष्यमा दिसामुक्त क्षेत्र घोषणा गरिने बताउनुभयो ।

नगरक्षेत्रभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भारतलगायत अन्य ठाउँबाट आउने मानिसलाई दिसापिसाब गर्न सकस हुने गरेको गुनासो सुनिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group