म्याग्दी, ३० असार । बेनी नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्ष २०७४÷७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ ।
नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो ।
१८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ किमी सडक कालोपत्रे र ढलान, ४१ वटा योजनाबाट २७ किलोमिटर सडक मर्मत सम्भार भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
२२ वटा खानेपानी आयोजना निर्माण गरेको नगरपालिकाले १६ हजार मिटर खानेपानी पाईपलाईन विस्तार र आनन्दबगर, अर्थुंगे, कुरीलाखर्क र डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्