ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलः आज (शनिबार) तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै


एबीसी न्यूज
असार ३०, २०७५ शनिबार   ८ : ३८   बजे

काठमाडौं, ३० असार । रुसमा जारी विश्वकप फुटल अन्तर्गत आज (शनिबार) तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् । यी दुवै टिमको लक्ष्य हुने छ विश्वकपको तेस्रो हुँदै सुखत अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।
२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो। क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २–१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो।

यता सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै सकिएपछि बेल्जियम पनि विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै पहिलो पटक तेश्रो स्थान हासिल गर्ने दाउमा हुनेछ। सन् १९८६ मा अर्जेन्टिनासँग भएको सेमिफाइनल खेलमा २–० ले नतिजा सुम्पेको बेल्जियम तेश्रो स्थानकालागि भएको खेलमा फ्रान्ससँग ४–२ ले पराजित हुँदै चौथौ स्थानमा चित्त बुझाउन बाध्य भएको थियो।

रुस विश्वकपमा फाइनलमा स्थान बनाउन नसकेपनि बेल्जियमकालागि इतिहास कोर्ने अर्को ठूलो अवसर रहेको छ। शनिवारको खेलमा इंग्ल्याण्डको युवा टोली विरुद्ध खेल्दा बेल्जियम समूह चरण अन्तर्गतकै नतिजा पुनः दोहो¥याउदै पहिलो पटक तेश्रो स्थानको स्वाद चाख्न चाहन्छ। यसअघि सेमिफाइनल अन्तर्गतको खेल पहेंलो कार्डका कारण गुमाएका बेल्जियमका थोमस म्युनियर शनिबारको खेलमा भने उपस्थित रहने छन्।

फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी हुँदै आएको छ। जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्ड विरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो।

बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३(२ ले पराजित गरेको थियो। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ। प्रतियोगिताको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाबीच आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा खेल हुनेछ।

(एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group