ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक सुधारका लागि कामदारको व्यवस्था


bhawani desk
असार २९, २०७५ शुक्रबार   १० : ४१   बजे

 

 

रसुवा, २९ असार । वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।

सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो ।

ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ ।

नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आवदेखि छुट्टै एकाइ राखिएको छ । इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताउनुभयो ।

यही असार महिनभित्र ससाना सात पहिरो गए पनि तुरुन्तै सफा गरी यात्रुवाहक बस र मालवाहक ट्रक निर्बाध रुपमा सञ्चालन गराइएको बताइएको छ । दैनिक सरदर १०० भन्दा ट्रक कन्टेनर रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने गरेको संयुक्त कन्टेनर व्यवसायी संघका अध्यक्ष सन्जीव डिएमले जानकारी दिनुभयो ।

सवारीसाधनको चाप व्यवस्थापनका लागि बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु, टिमुरे, रसुवागढीलगायत स्थानमा ट्राफिक व्यवस्थापन मजबुत पारिएको जिल्ला ट्राफिक इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group