ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत


bhawani desk

पोखरा, २९ असार । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका प्रदेश सचिव डा बुद्धिसागर पौडेलले मृतकका परिवारलाई तत्काल राहतस्वरुपको रकम दिने पहल थालिए पनि प्रक्रिया लामो हुन पुग्दा ढिलाइ हुन पुगेको बताउनुभयो ।

सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले व्यक्तिगत रुपमा मृतक बालकको परिवारलाई रु २५ हजार सहयोग गर्दै विशालका भाइलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकमआफूले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७४ फागुन १ गते शिवरात्रिका दिन मामाघर जाँदै गरेका श्रेष्ठलाई चितुवाले साँझ ६ बजे आक्रमण गरी २०० मिटर तल जंगलमा लगेर खाएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com