ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीखेतीमा आधुनिक प्रविधिको प्रयोग


bhawani desk

ललितपुर, २४ असार । एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ ।

तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उहाँले भन्नुभयो “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।”

एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ ।

अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् ।

तरकारीखेतीमा यो एक दशकमा उत्पादन र प्रविधिको प्रयोगका हिसाबले ठूलो फड्को मारेको उहाँको भनाइ थियो ।

देशभित्रै तरकारीको माग र उत्पादन दुवै बढिरहेको छ । एक दशक पहिलेसम्म ग्रामीण भेगमा काउलीको तरकारी खानका लागि दशैँ कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अधिकृत जोशीले भन्नुभयो, “अन्नसँग तरकारी साट्ने चलन दुर्गम जिल्लामा पाइन्थ्यो तर अहिले यस्तो अवस्था छैन ।”

लसुन र प्याजबाहेक अधिकांश तरकारीमा देशभित्रैको उत्पादनले धान्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com