ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुराना मठमन्दिर संरक्षण गर्नु सबैको दायित्वः नेता नेपाल


एबीसी न्यूज

बनेपा, २४  असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पुरातात्विक महत्वका पुराना मठमन्दिरको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ ।

उग्रचण्डी नाला समाज काठमाडौँले यहाँ आयोजना गरेकोे उग्रचण्डी भगवती मन्दिरलाई सोलार बत्ती तथा सिसी क्यामेरा हस्तान्तरण कार्यक्रममा उहाँले नालामा रहेको उग्रचण्डी भगवतीको मन्दिर ४०० वर्ष पुरानो ऐतिहासिक महत्वको भएको हुँदा नालाबासिन्दा गौरवान्वित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा १०० वर्ष मात्रै पुराना मठमन्दिर पुरातात्विक हुने गर्छ तर यहाँ हाम्रो देशमा सयौँ वर्षको इतिहास बोकेका मठमन्दिर संरक्षणको अभावमा नै रहेकाले त्यसको अब संरक्षण र संबद्र्धन गर्न सबै मिली लाग्न जरुरी छ ।”

पूर्वप्रधानमन्त्री नेपालले नाला पुरानो शहर भएकाले पहिचानलाई जोगाएर राख्न पुरानै शैलीमा पुनःनिर्माण गर्न सुझाव दिनुभयो । “नालाको प्राचीनतालाई जोगाएर राख्न जनप्रतिनिधि र स्थानीय सबै एक भएर लाग्नका लागि आग्रह गर्न चाहन्छु कि यसले नै यहाँको पर्यटकीय विकासमा अरु महत्व राखोस् ।”

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नाला क्षेत्र प्राचीन सम्पत्ति भएकाले त्यसलाई थप व्यवस्थित गरेर अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरभित्रका कला, मठमन्दिर र कलात्मक वस्तुको संरक्षणमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उग्रचण्डी नाला समाज, काठमाडौँको आयोजना तथा नेपाल राष्ट्र बैंकको समन्वय र एनआइसी एशिया बैंकको आर्थिक सहयोगमा उग्रचण्डी भगवती मन्दिरमा छवटा सिसी क्यामेरा र छवटा सोलार प्यानल गरी रु आठ लाख बराबरको सामग्री हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com