ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित


एबीसी न्यूज

पोखरा, २३ असार।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार आयोजित तीनदिने अभिलेख महोत्सव, २०७५ को उद्घाटन गर्दै उहाँले पोखरा क्षेत्रीय सङ्ग्रहालयलाई प्रादेशिक अभिलेखालयका रुपमा तत्काल विकास गरी यस क्षेत्रमा रहेको परम्परागत दस्तावेजको संकलन गरेर प्रदर्शन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले अभिलेख राख्ने संस्कृतिले अध्ययन तथा अनुसन्धानकर्तालाई सहयोग पुग्ने बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोपोन्मुख अवस्थामा पुगेका महत्वपूर्ण अभिलेखलाई तोडमोड नगरी जस्ताको तस्तै स्वरुपमा प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले अभिलेखालयमा हाल ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, २० हजार अभिलेख र आठ हजार तिब्बती ग्रन्थसहित दुई लाख ग्रन्थका माइक्रोफिल्म प्रति तथा १२ हजार प्रकाशित महत्वपूर्ण पुस्तक संकलनमा रहेको जानकारी दिनुभयो । अभिलेख संरक्षणका लागि डिजिटल डकुमेन्टेशनको कार्य पनि थालनी गरिएको बताउँदै उहाँले भन्नुभयो, “यस वर्षसम्ममा छ लाख डिजिटल डमुमेन्टसलाई सुरक्षित गरिनेछ ।

सो अवसरमा राष्ट्रिय अभिलेखालयद्वारा प्रकाशित धार्मिक ग्रन्थ ‘शिवधर्मोत्तर र वास्तुशास्त्र’को विमोचन एवं तस्वीर तथा पुस्तक प्रदर्शनीको शुभारम्भ पनि गरियो । नेपाल पर्यटन बोर्डको हातामा आयोजित तस्वीर प्रदर्शनीमा ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र तथा शिलापत्रलगायत ८५ हस्तलिखित अभिलेख प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com