ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकका सन्तान सामुदायिकमै पढाउन शुरु


bhawani desk
असार २२, २०७५ शुक्रबार   १२ : ३२   बजे

ललितपुर, २२ असार । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ ।

शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ । वैशाख महिनामा भर्ना अभियान शुरु भएसँगै यो विद्यालयले स्थानीय अभिभावक, स्थानीय निकाय र बुद्धिजीवीसँग यही विषयमा छलफल गर्न थालेको सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो ।

अभिभावकलाई सामुदायिकमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने भएपनि सम्झाउन सकिने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षदेखि निरन्तर लागेका छौँ र नतिजा पनि देखिँदैछ ।”

विद्यालयले केही वर्षदेखि कार्यरत शिक्षकका सन्तान सामुदायिकमै पढाउन शुरु गरेको उहाँ बताउनुहुन्छ । शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको हो ।

उहाँले भन्नुभयो, जसरी अहिले विद्यालय शिक्षकका छोराछोरी पढ्ने विद्यालय भन्ने छाप छ त्यसरी नै शिक्षित आमाबाबुका छोराछोरी पढ्ने विद्यालय भनेर चिनाउने हाम्रो योजना छ ।”

आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावक पनि सन्तान भर्ना गराउन आउन थालेको सह–प्रधानाध्यापक थापा बताउनुहुन्छ । शिक्षित अभिभावकले सन्तान सामुदायिकमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जानेछ ।

उहाँ भन्नुहुन्छ, “पढे–लेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइन रहेछ भन्ने सन्देश फैलन्छ । विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्ष पहिलेदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group