ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको सहयोगमा १२ लाखको छात्रावास निर्माण


bhawani desk
असार २२, २०७५ शुक्रबार   १० : २३   बजे

म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ ।

गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो ।

वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताउनुभयो ।

विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । फर्निचरको व्यवस्था गरेर छात्रावास सञ्चालन गरिने विद्यालयले जनाएको छ । एसईई परीक्षाको तयारी र टाढाका विद्यार्थीलाई आवासीय सुविधाका लागि छात्रावास सञ्चालन गरिँदै आएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पर्यटकीयस्थलमा शौचालय निर्माण 

यसैबीच, म्याग्दीको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–२, भुरुङ, तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवतजावत गर्ने यात्रुको सुविधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु आठलाख तीन हजारको लगानीमा शौचालय निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्याम रानाले जानकारी दिनुभयो ।

शौचालय निर्माणका लागि नेपाल सरकारको रु तीन लाख ९४ हजार ७७१, फिनल्याण्ड सरकारको रु एक लाख ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालिकाको रु ३२ हजार ५०४, स्थानीयवासीको रु आठ हजार ३४ नगद र रु एक लाख ८४ हजार ७९१ बराबरको श्रमदान भएको छ ।

जिल्ला समन्वय समितिको सहजीकरणमा निर्माण भएको सार्वजनिक शौचालयको बिहीबार वडाध्यक्ष ओमप्रकाश फगामीले उद्घाटन गर्नुभएको थियो । सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक शौचालय प्रभावकारी बन्ने वडाध्यक्ष फगामीले बताउनुभयो ।

बेनी-जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी संकलन गरिएको तलाउमा स्नानका लागि वार्षिक एकलाख जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group