ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक शिक्षालयका लागि ६७ रोपनी जग्गा निःशुल्क प्राप्त


bhawani desk
असार २१, २०७५ बिहीबार   ५ : ०४   बजे

खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका ११ जनाले उक्त जग्गा उपलब्ध गराएका हुन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलास्थित महुरेमा स्थापना गर्न लागिएको उक्त शिक्षालयका लागि स्थानीय उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले छ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिं राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको प्राविधिक शिक्षालय स्थापनार्थ खटिनुभएका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिनुभयो ।

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएको जनाइएको छ ।

करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका जग्गादाताले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त शिक्षालयको नाम ‘महुरेगढी बहुद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्वसांसद टंक राई, पूर्वसभासद् दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणुदेवी राईलगायतले स्थानीयवासीको जनभावनाअनुसार नै शिक्षालयको नामाकरण हुने बताएका छन् । उनीहरुले जग्गादातालाई धन्यवाद दिँदै अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् ।

शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको उक्त शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्यांकनको काम शुरु हुने पत्रकार सम्मेलनमा सहभागी प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिनुभयो । “यो शिक्षालयमा सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिलेसमेत आफ्नो सीपअनुसारको प्रमाणपत्र हात पार्नेछन् ।” उहाँले भन्नुभयो, “यसलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको छ ।

प्राविधिक शिक्षालयमा छोटो अवधिका तालीम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश नं १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group