ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक शिक्षालयका लागि ६७ रोपनी जग्गा निःशुल्क प्राप्त


bhawani desk

खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका ११ जनाले उक्त जग्गा उपलब्ध गराएका हुन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलास्थित महुरेमा स्थापना गर्न लागिएको उक्त शिक्षालयका लागि स्थानीय उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले छ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिं राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको प्राविधिक शिक्षालय स्थापनार्थ खटिनुभएका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिनुभयो ।

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएको जनाइएको छ ।

करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका जग्गादाताले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त शिक्षालयको नाम ‘महुरेगढी बहुद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्वसांसद टंक राई, पूर्वसभासद् दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणुदेवी राईलगायतले स्थानीयवासीको जनभावनाअनुसार नै शिक्षालयको नामाकरण हुने बताएका छन् । उनीहरुले जग्गादातालाई धन्यवाद दिँदै अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् ।

शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको उक्त शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्यांकनको काम शुरु हुने पत्रकार सम्मेलनमा सहभागी प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिनुभयो । “यो शिक्षालयमा सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिलेसमेत आफ्नो सीपअनुसारको प्रमाणपत्र हात पार्नेछन् ।” उहाँले भन्नुभयो, “यसलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको छ ।

प्राविधिक शिक्षालयमा छोटो अवधिका तालीम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश नं १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com