ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत


bhawani desk
असार १९, २०७५ मंगलबार   १० : १६   बजे

 चितवन, १९ असार । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।

चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिनुभयो ।

जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिनुभयो । “चितवनका किसानलाई ठूलो राहत भएको छ, श्रेष्ठले भन्नुभयो, उनीहरु खुशी भएका छन् ।”

पूर्वी चितवन क्षेत्रमा झण्डै २५ प्रतिशत रोपाइँ भएको छ । भरतपुर क्षेत्रमा करीब पाँच प्रतिशतको हाराहारीमा रोपाइँ भएको अनुमान कृषि कार्यालयको छ । इच्छाकामना गाउँपालिकामा रोपाइँ हुन सकेको थिएन भने कालिका नगरपालिकामा ५÷६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

दक्षिणी भेग माडीमा अहिलेसम्म १२ प्रतिशत रोपाइँ भएको अनुमान छ । अघिल्लो वर्ष यो समयमा जिल्लामा करीब २५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष पानी नपर्नाले रोपाइँ हुन सकेको थिएन ।

पानी परेपछि भने सुख्खा क्षेत्रमा समेत रोपाइँ हुनेछ । रत्ननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आलीसमेत सुकेर बसेका बेला पानीले राहत दिएको बताउनुहुन्छ ।

जिल्लामा यो वर्ष कूल २८ हजार ६०० हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group