ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्र्पक गरे


एबीसी न्यूज

काठमाडौँ, १८ असार ।  “छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्र्पक गरे, अरु बेला पनि यस्तो कार्य बढेपछि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न उनी निवेदन दिइन ।”

प्रहरी सहायक निरीक्षक सुष्मा कुँवर आफ्नो जागिरको सुरुवाती दिनमा १४ वर्ष पहिलेको घटना सुनाउँदै भन्नुभयो, “ती महिला हामीकहाँ आउँदा एकोहोरो बस्न नसक्ने कुरा दोहो¥याउथिन्, बाहिरबाट सबै राम्रो देखिन्थ्यो तर किन उनी श्रीमानसँग बस्दिन भन्छिन् भनेर हामीले सकेसम्म मिलाउन खोज्यौँ ।”

“त्यसको केही समयपछि उनी श्रीमानसँग बस्नै नसक्ने भनेपछि हामीले कुरा गर्दा उनले इच्छा विपरीत नशालु पदार्थ खुवाएर समेत शारीरिक सम्र्पक राख्ने गरेको र त्यसले निकै आघात पुगेको बताइन्, त्यसपछि हामीले उनलाई अदालत जान सुझाएका थियौँ,” उहाँले भन्नुभयो ।

यस्तै घटना त्रिविकै आंशिक प्राध्यापकलाई समेत घटेको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा सुधा त्रिपाठी । “ती महिला प्राध्यापकलाई अर्का स्थायी प्राध्यापकले विभिन्न डरधम्की देखाई भेट्न बोलाएर तरलपर्दाथमा नशालु पर्दाथ मिसाई दुव्र्यवहार गर्न खोजेका थिए,” उहाँले भन्नुभयो । यस्ता घटना कम गर्न मानसिक सोचाईमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

महानगरीय प्रहरीको महिला बालबालिकाका लागि सेवा केन्द्रकी उपत्यका इन्चार्ज समेत रहनुभएकी कुँवर हिजोआज नशालु पदार्थ खुवाएर बलात्कार गर्ने घटनामा वृद्धि भएको बताउनुहुन्छ ।

एन्जिला रुस्कीन विश्वविद्यालय बेलायतकी फरेन्सिक विज्ञानकी वरिष्ठ प्राध्यापक डा लता गौतमको सक्रियतामा आज यहाँ आयोजित ‘नेपालमा नशालु पदार्थ खुवाई यौनजन्य दुव्र्यहार गर्ने घटना’ विषयक छलफल कार्यक्रममा यो विषयमा सम्बन्धित निकायलाई पर्याप्त जानकारी नभएको बताइएको थियो ।

त्रिवि शिक्षण अस्पतालका कानूनी चिकित्सा प्रमुख प्रा डा हरिहर वस्तीले नशालु पदार्थमध्ये नेपालमा अल्कोहल सेवन गराई बलात्कार गर्ने घटना अत्यधिक रहेको छ भन्नुभयो ।

नेपालमा दुई वर्षदेखि छ वर्षसम्मका बालबालिका बढी यौनजन्य घटनाको शिकार हुने गरेको छ, तीमध्ये एकतिहाई बालबालिका परिवारबाटै पीडित छन्, उहाँले भन्नुभयो, “कति घटना भए भन्ने छुट्टै घटना हेर्न बाँकी छ तर मेरो अनुभवमा धेरै अल्कोहल सेवन गराई यस्ता घटना गराएका देखिन्छन्, त्यसबाहेक मानसिक रुपमा बिरामीलाई यस्तो दुव्र्यवहार बढी हुने गरेको छ ।”

डा गौतमले अन्य बलात्कारजस्तै नशालु पदार्थ खुवाइृ गरिने घटनालाई पनि जोडेर हेर्न नहुने बताउनुभयो । यसबारे चिकित्सक, प्रहरी, विद्यालयका शिक्षक बालबालिका सबैलाई जानकारी हुनुपर्ने उहाँको भनाइ छ । “यस्ता घटना फरक तरीकाले हेर्नुपर्छ, नशाका समयमा भएका घटनाबारे पीडितलाई सम्झना हुँदैन, नशाका कारण शारीरिक र मानसिक रुपमा समेत उनीहरु पीडित हुन्छन्, यसबारे छुट्टै अध्ययन आवश्यक छ,” उहाँले भन्नुभयो ।

नशालु पदार्थ सेवन गराई भएका घटनामा पीडित जाँचका लागि ढिला आउने गरेका कारण न्याय पाउन नसकेका घटना बढी छन् । विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार अन्य विभिन्न मुलुकमा नशालु पदार्थ खुवाई भएका घटनाबारे जाँच गर्ने छुट्टै मापदण्ड भए पनि नेपालमा नभएको सम्बन्धित निकायको भनाइ छ ।

डा वस्तीले यस्ता घटनामा रगतबाट जाँच गर्न अत्याधुनिक उपकरण, प्रविधि र सीप आवश्यक भएको भन्दै पीडितलाई पनि सक्दो छिटो जाँच गरेमा मात्र न्याय पाउन सहज हुने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com