ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरुवा बन्दुकसहित तीन पक्राउ


एबीसी न्यूज

फाईल फोटो
फाईल फोटो

रुकुम, १९ असार ।  सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले एक नाल ब्यारेल, फलामका छर्रा, बारुद र केप पनि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, सल्यानमा बन्दुक भएको सूचना आएपछि प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा प्रहरी टोली खोजतलास गर्न गएको थियो । पक्राउ परेकालाई हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो ।

समाजमा शान्ति सुव्यवस्थामा खलल पार्नसक्ने भन्दै सल्यान प्रहरीले अवैध हातहतियार खरखजाना नियन्त्रण गर्न विशेष अभियान चलाएको बताइएको छ । यसभन्दा पहिले पनि यहाँ चार नाल घरेलु हतियार फेला परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com